प्रदेश नं ३ को गुरुयोजना बनाइने घाेषणा
नुवाकोट, १८ फागुन– प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गुरुयोजना बनाएर व्यवस्थित शहरीकरणसहितको आधुनिक प्रदेशका रुपमा स्थापित गराइने बताएका छन् ।
शुक्रवार साँझ नुवाकाेट आएका मुख्यमन्त्री पौडेलले विदुर नगरपालिकाको स्वागत स्वीकार्दै मुलकभरको प्रदेश नं ३ मा विकासका पर्याप्त सम्भावना रहेको बताए ।
मुलुकको विकास गर्न स्थानीय तह र प्रदेशबीचको सहकार्य राम्रो हुनुपर्ने मुख्यमन्त्री पौडेलको भनाइ थियो । “अधिकारसम्पन्न प्रदेश र स्थानीय तहलाई केन्द्रले बढी अधिकार भयो भनिरहेको छ, यसलाई जोगाउन प्राप्त अधिकार कार्यान्वयन गर्न सबै एकजुट हुनुपर्छ”, उनले भने ।
कार्यक्रममा भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले जनप्रतिनिधिलाई सम्मान र बधाई लिएर नहिँड्न निर्देशन दिए । मुख्यमन्त्री र मन्त्रीलाई विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले नगरपालिकाभित्र सञ्चालित कार्यक्रम तथा भावी योजनाको जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार
निर्वाचनअघि सुरक्षाकर्मीलाई राजीनामा दिन र बिदामा बस्न रोक
किशोरीलाई आइतबारदेखि एचपीभी खोप लगाइने





प्रतिक्रिया