रसुवाको टिमुरेमा ७ किलो सुनसहित एक जना पक्राउ
विदुर खबर
२०७६ वैशाख १० गते १५:३८

नुवाकोट वैशाख १०, रसुवाको टिमुरेमा ७ किलो सुनसहित एक जना पक्राउ परेका छन ।
जिल्ला प्रहरी कार्यलय रसुवाबाट खटिएको प्रहरीले ७ किलो सुन बरामद गरेको हो । रसुवाको टिमुरेमा ना ६ ख ९०६८ नम्बरको कन्टेनर चेक गर्दा सुन फेला परेको रसुवाका प्रहरी उपरिक्षक सन्तोष तामाङले बताए ।
सुन ल्याउँदै गरेका शेर ग्याल्बोलाई घेलेलाई समेत पक्राउ गरिएको प्रहरी उपरिक्षक तामाङले बताए ।
सम्बन्धित
प्रतिक्रिया