प्रधानमन्त्रीले अमेरिकी राजदूतलाई सोधे, ‘सहयोग गर्ने भनेको रकम कहिले अाउँछ ?’
काठमाडौँ, १८ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेप्लिजले आज शिष्टाचार भेट गरेकी छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकामा धन्यवाद ज्ञापन गर्दै अमेरिकी सरकारले नेपालको विकासलगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंसा गरे ।
प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाले नेपालको ऊर्जा र यातायातको सुदृढीकरणमा ६३० मिलियन अमेरिकी डलर लगानी गर्ने भनेकोमा उक्त काम तत्काल शुरु गर्न आग्रह गरेका छन् ।
राजदूत टेप्लिजले नेपालको विकास, सुशासन र नीतिगत सुधारमा अमेरिकाको सहयोग सदैव जारी रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । राजदूत टेप्लिजले सरकारलाई नीतिगत सुधार, सुशासन, विकास र संरचनागत परिवर्तनमा सशक्त कदम चाल्न प्रधानमन्त्री ओलीसँग आग्रह गरे ।
प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रको बदलिँदो वातावरणका विषयमा राजदूतको ध्यानाकर्षण गराउँदै आफ्नो सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, विकास र समृद्धिका लागि प्रतिबद्ध भएर लागिपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया