विश्वकप मैदानमा नेपालको राष्ट्रिय धुन बज्छ- प्रशिक्षक

विदुर खबर २०७५ चैत २० गते ४:३१

नेपाली टोली टी–२० बिश्वकपको  सातौ संस्करणमा छनोट हुने योजनामा रहेको छ । तर त्यसका लागि नेपाली टोलीको बाटो भने त्यत्ति सहज छैन् ।

Advertisement

सिंगापुरमा जुलाई २२ देखी २८ सम्म हुने एसीयाली छनोट र त्यसपछि युएईमा ११ अक्टोबर देखी नोभेम्बर ३ सम्म हुने ग्लोबल छनोट नेपालले पार गर्नुपर्नेछ । एसीयाली छनोटमा आयोजक सिंगापुर, मलेसीया, कुबेत, नेपाल र कतारले प्रतिस्पर्धा गर्नेछन् । ५ राष्ट्रले प्रतिस्पर्धा गर्ने छनोटबाट शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, एसीयाली छनोट नेपालका लागि खासै गाह्रो नभएपनि प्रतिद्धन्दीलाई कमजोर नठानी तयारीमा जुट्ने बताउछन् ।

Advertisement

ग्लोबल छनोट भने टी–२० बरियताको ११ औ देखी १६ औ स्थानसम्म रहेका (स्कटल्याण्ड, जिम्बावे, नेदरल्याण्ड्स, हङकङ, ओमान र आयरल्याण्ड ) ६ टोली आयोजक युएई र महादेशीय छनोटबाट ७ गरी १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । ती १४ बाट ६ टोलीले अष्ट्रेलियामा सन् २०२० मा हुने टी–२० बिश्वकपमा स्थान बनाउनेछन् ।

ग्लोबल छनोट खेल्ने अधिकांश टोली परिचित टोली नै भएकाले त्यहा“बाट छनोट हुन त्यत्ति गाह्रो नहुने बिश्लेषकहरुको तर्क छ । यद्यपी त्यसका लागि अहिलेबाट नै तयारी सुरु गर्नुपर्ने उनीहरु बताउछन् ।

Advertisement

गत बर्ष मात्र अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट ४ बर्षे वन डे मान्यता पाएको नेपाली टोली अहिले हालसम्मकै उत्कृष्ट अबस्थामा रहेको छ । खेलाडीहरुको स्तर तथा टोलीको सन्तुलनका हिसाबले बर्तमान अबस्था निक्कै सबल रहेको प्रशिक्षक टमाटा बताउछन् । पछिल्लो पटक युएईसंग उसैको घरेलु मैदानमा भएको समान ३ खेलको वन डे र टी–२० सिरिजमा गरेको प्रर्दशन नै नेपालको वास्तविक प्रर्दशन भएको उनको दाबी छ । सो प्रर्दशनमा नेपाली टोलीले सन् २००८ यताकै उत्कृष्ट फिल्डिङ र बलिङ गरेको टमाटा बताउछन् ।

पछिल्लो बर्ष घरेलु तथा अन्तराष्ट्रिय प्रतियोगीताहरुमा पनि नेपाली टोली ब्यस्त रहेकाले त्यसको प्रत्यक्ष फाईदा आसन्न एसीयाली छनोट र त्यसपछिका प्रतियोगीताहरुमा पर्ने टमाटाको भनाई छ । उनी भन्छन–उत्कृष्ट खेलाडीहरुको जमघट भएको यो अबस्थामा नेपाली टोलीले टी–२० बिश्वकपमा स्थान बनाउनेमा म ढुक्क छु । त्यसको पुर्बतयारी पनि हामीले सुरु गरिसकेका छौ  ।

 

प्रतिक्रिया