विश्वकप मैदानमा नेपालको राष्ट्रिय धुन बज्छ- प्रशिक्षक
नेपाली टोली टी–२० बिश्वकपको सातौ संस्करणमा छनोट हुने योजनामा रहेको छ । तर त्यसका लागि नेपाली टोलीको बाटो भने त्यत्ति सहज छैन् ।
सिंगापुरमा जुलाई २२ देखी २८ सम्म हुने एसीयाली छनोट र त्यसपछि युएईमा ११ अक्टोबर देखी नोभेम्बर ३ सम्म हुने ग्लोबल छनोट नेपालले पार गर्नुपर्नेछ । एसीयाली छनोटमा आयोजक सिंगापुर, मलेसीया, कुबेत, नेपाल र कतारले प्रतिस्पर्धा गर्नेछन् । ५ राष्ट्रले प्रतिस्पर्धा गर्ने छनोटबाट शीर्ष स्थानमा रहने टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउने छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा, एसीयाली छनोट नेपालका लागि खासै गाह्रो नभएपनि प्रतिद्धन्दीलाई कमजोर नठानी तयारीमा जुट्ने बताउछन् ।
ग्लोबल छनोट भने टी–२० बरियताको ११ औ देखी १६ औ स्थानसम्म रहेका (स्कटल्याण्ड, जिम्बावे, नेदरल्याण्ड्स, हङकङ, ओमान र आयरल्याण्ड ) ६ टोली आयोजक युएई र महादेशीय छनोटबाट ७ गरी १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । ती १४ बाट ६ टोलीले अष्ट्रेलियामा सन् २०२० मा हुने टी–२० बिश्वकपमा स्थान बनाउनेछन् ।
ग्लोबल छनोट खेल्ने अधिकांश टोली परिचित टोली नै भएकाले त्यहा“बाट छनोट हुन त्यत्ति गाह्रो नहुने बिश्लेषकहरुको तर्क छ । यद्यपी त्यसका लागि अहिलेबाट नै तयारी सुरु गर्नुपर्ने उनीहरु बताउछन् ।
गत बर्ष मात्र अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीबाट ४ बर्षे वन डे मान्यता पाएको नेपाली टोली अहिले हालसम्मकै उत्कृष्ट अबस्थामा रहेको छ । खेलाडीहरुको स्तर तथा टोलीको सन्तुलनका हिसाबले बर्तमान अबस्था निक्कै सबल रहेको प्रशिक्षक टमाटा बताउछन् । पछिल्लो पटक युएईसंग उसैको घरेलु मैदानमा भएको समान ३ खेलको वन डे र टी–२० सिरिजमा गरेको प्रर्दशन नै नेपालको वास्तविक प्रर्दशन भएको उनको दाबी छ । सो प्रर्दशनमा नेपाली टोलीले सन् २००८ यताकै उत्कृष्ट फिल्डिङ र बलिङ गरेको टमाटा बताउछन् ।
पछिल्लो बर्ष घरेलु तथा अन्तराष्ट्रिय प्रतियोगीताहरुमा पनि नेपाली टोली ब्यस्त रहेकाले त्यसको प्रत्यक्ष फाईदा आसन्न एसीयाली छनोट र त्यसपछिका प्रतियोगीताहरुमा पर्ने टमाटाको भनाई छ । उनी भन्छन–उत्कृष्ट खेलाडीहरुको जमघट भएको यो अबस्थामा नेपाली टोलीले टी–२० बिश्वकपमा स्थान बनाउनेमा म ढुक्क छु । त्यसको पुर्बतयारी पनि हामीले सुरु गरिसकेका छौ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













एमाले नेता खड्काद्धारा विद्यार्थीहरुलाई झोला वितरण
स्पेनको ‘बुलफाइट’ बिर्साउने नुवाकोटको गोरु जुधाइ
तादीमा जिल्ला स्तरीय वडा कप भलिबल प्रतियोगिता शुरु
नुवाकोटका गुभाजु पुनः नेपाली साझा मञ्च साउदीको अध्यक्ष चयन
आजदेखि सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिन सकिने





प्रतिक्रिया