बिरामी बालक बचाउन बडाअध्यक्षद्धारा हेलिकप्टर चार्टर

विदुर खबर २०७५ चैत ११ गते १:३८

नुवाकोट,स्थानीय तहमा जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै आलोचना गर्ने क्रम तीव्र रुपमा बढिरहेको बेला रामेछापको दोरम्बा गाउँपालिका–४ का अध्यक्ष चन्द्रबहादुर थापा मगरले भने उदाहरणीय काम गरेर जनताको मन जित्ने कोशिस गर्नुभएको छ ।

Advertisement

गौश्वरास्थित सुब्बाथानका ८ बर्षिय बालक मानबहादुर मगर चैत ६ गते घर भत्काइरहेको तलाबाट लडेर गम्भीर घाइते भएका थिए । गम्भिर घाइते भएका ती बालकलाई स्थानीयले एम्बुलेन्सबाट काठमाडौं लैजाने निधो गरेका थिए । तर वडा अध्यक्ष थापा मगरले भने बालकको अवस्था गम्भीर भएकाले एम्बुलेन्सबाट काठमाडौं पु¥याउन नसक्ने निष्कर्ष निकाल्नै हेलिकोप्टरबाट मात्र बालकको ज्यान बनाउन सकिने निधोमा पुगेका थिए ।

हेलिकोप्टर मार्फत उपचार गर्न काठमाडौं लैजाने त भनें तर साथमा एक रुपैयाँ पनि थिएन, वडा अध्यक्ष थापा मगरले भन्नुभयो–व्यक्तिगत रुपमा म आफैले तिर्छु भनेर १ लाख ४० हजार पैसा जुटाएर बालकलाई काठमाडौं ल्याउन सफल भएँ ।’ गाउँमा पैसा त जुटयो तर हेलिकोप्टरको चिन्ता थपियो, उहाँले भन्नुभयो ।

Advertisement

थापा मगरले रामेछापका प्रतिनिधिसभा सांसद श्यामकुमार श्रेष्ठलाई फोन गरेर हेलिकोप्टरका व्यवस्था गरिदिन आग्रह गरे अनुसार सांसद श्रेष्ठले लगत्तै गौश्वरामा हेलिकोप्टर पठाइदिनु भएको थियो । ८ बर्षिय बालक घर भत्काइरहेको तलमा गएर हेर्ने क्रममा लडे र गम्भिर घाइते भएका थिए । मगरको च्यापुमा गम्भीर चोट लागेको थियो । घाइते बालकलाई बचाउनु पहिलो कर्तव्य ठाने, प्रतिनिधिसभाका सांसद श्रेष्ठसँग समन्वय गरे, लगत्तै हेलिकोप्टर आयो र घाइते बालकलाई काठमाडौं ल्याएर ज्यान बचाउन सफल भएँ, वडा अध्यक्ष थापा मगरले भन्नुभयो ।

घाइते बालकको घरको आर्थिक अवस्था कमजोर भएकाले नागरिकको दुःखमा साथ दिनु आफ्नो कर्तव्य भएको बताउदै उहाँले घाइते बालकको बुबा गबहादुर मगर वैदेशिक रोजगारीमा रहेको बताउनुभयो । हेलिकोप्टर चार्टर गर्दा लागेको खर्च व्यक्तिगत रुपमा आफैले बेर्होछु, परिवारलाई लगाउदिन, जनताको सेवा गर्न पाएको खुसी छ, थापामगरले थप्नुभयो । घाइते बालकलाई काठमाडौं ल्याएपछि होस खुलेको थियो । घाइते बालकको वि एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

प्रतिक्रिया