रसुवामा छुट अस्थायी करार शिक्षकको जिल्लास्तरीय भेला सम्पन्न
विदुर खबर
२०७५ पुष २८ गते १४:३८

रसुवा/ रसुवा छुट अस्थायी करार शिक्षक संघर्ष समितिको अध्यक्षमा सागर लामा चयन भएका छन् ।
समितिको उपाध्यक्षमा गोमाकुमारी पौडेल, कोषाध्यक्षमा राजेन्द्र तामाङ ,सचीवमा सुनिल तामाङ सदस्यहरुमा बिष्णुप्रसाद अधिकारी, बबिता जिरेल,जानुका पौडेल,सीता घलान, पार्वती न्यौपाने,पम्फा अधिकारी,जिवनाथ न्यौपाने लगायत रहेका छन् ।
सरकारले २०७२ पछिको शिक्षकलाई आन्तरिक परीक्षाबाट बिमुख तथा विभेद गरेकोले आम शिक्षकहरु एकजुट हुनुपर्ने समितिको निष्कर्ष रहेको छ । कार्यक्रममा स्थानीय सरकारी विद्यालयहरुका २०७२ कार्तिक २ गते पछाडीका आन्तरिक परीक्षाबाट बिमुख शिक्षक उपस्थिती रहेको थियो
सम्बन्धित
प्रतिक्रिया