रसुवाका विपन्न परिवालाई कम्बल वितरण
विदुर खबर
२०७५ पुष २८ गते १३:००

रसुवा, रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङका विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समिति रसुवाले बिहिबार गत्लाङका ३५ परिवारलाई कम्बल वितरण गरेको हो ।
हिमपात हुने क्षेत्रका विपन्न परिवारलाई परिवारको आकार अनुसार कम्बल दिइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । ‘गाउँपालिकाले निर्माण गरेको गाउँपालिकाको पाश्र्वचित्रमा उल्लेख गरिएका विपन्नलाई हामीले सामग्री दिएका हौँ, उनले भने, प्रति परिवारले न्यूनतम एउटादेखि तीनवटासम्म सामग्री पाएका छन् ।’
चिसोको समयमा सामग्री पाएपछि उनीहरू खुशी भएका छ्न् । जिल्लाको लाङटाङ र गत्लाङ हिमपातको जोखिममा पर्छ ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया