टेलिफोन लाइनमा डाइरेक्ट करेन्ट जाँदा ल्याण्डलाइनमा क्षति
विदुर खबर
२०७५ पुष २८ गते १२:५६

रसुवा, टेलिफोन लाइनमा डाइरेक्ट करेन्ट जाँदा जिल्ला सदरमुकाम धुन्चेमा सञ्चालित ल्याण्डलाइनहरूमा क्षति पुगेको छ ।
टेलिफोन लाइनबाट डाइरेक्ट करेन्ट पास भएपछि एक्चेन्जमा फ्युज गएसँगै धुन्चेमा शनिबार दिउँसोबाट टेलिफोन सेवा समेत अवरुद्ध भएको छ । घरमा जडान गरिएका टेलिफोनबाट वा पोलबाट नै तारमा करेन्ट गएको भन्ने पत्ता नलागेको नेपाल टेलिकम रसुवाका प्रमुख भीमराज भुसालले बताए ।
समस्याको समाधानका लागि प्रयास गरिरहेको उनको भनाइ छ । गत बिहिबार पनि यही समस्याका कारण टेलिफोन तथा इन्टरनेट सेवा बन्द भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया