सरकारले तय गर्यो राष्ट्रपतिदेखि जनप्रतिनिधिसम्मको मर्यादाक्रम (सूचीसहित)

सरकारले नयाँ मर्यादाक्रम सार्बजनिक गरेको छ । गत सोमवार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ मर्यादाक्रम स्वीकृत गरेको हो । नयाँ मर्यादाक्रममा बिशेष गरी जनप्रतिनिधिलाई कर्मचारीभन्दा माथि राखिएको छ ।
नयाँ मर्यादाक्रममा काठमाडौँ महानगरका मेयरलाई अन्य महानगरका मेयर भन्दा माथि राखिएको छ । काठमाडौँका मेयर ९ औ बरियतामा छन् भने अन्य माहानगरका मेयर १० औ नम्बरमा छन् । नेपाल सरकारका सहायक मन्त्री, प्रदेश सरकारका मन्त्री, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य पनि ९ औ बरियतामा छन् । प्रदेश सभा सदस्य र काठमाडौँ बाहेकका महानगरका मेयर एकै बरियतामा छन् ।
केन्द्र सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री, विपक्षी दलका नेता, नेपाल रत्न पाउनेहरु, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका अध्यक्ष, उपसभामुख, राष्ट्रियसभाका उपाध्यक्ष, सत्तापक्षका संसदीय दलका उपनेता छैठौ नम्बरमा छन् ।
हेर्नुस को कहाँ ?
प्रतिक्रिया