ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ बट्टारस्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा आयोजित रक्तदान कार्यक्रममा ४९ युनिट रगत सङ्कलन भएको छ ।

ब्रह्मकुमारी राजयोग सेवा केन्द्र बट्टारको आयोजना र नेपाल रेडक्रस सोसाइटी नुवाकोटको प्राविधिक सहयोगमा राजयोगिनी दादी प्रकाशमणिको १९ औँ पुण्यतिथिमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

रत्तदान कार्यक्रमको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले उदुघाटन गरेका थिए । मेयर श्रेष्ठले निरोगी मान्छेले रगत दिँदा शरीरलाई असर नहुने बताए । उनले रक्तदानले समाजमा सकारात्मक भावना पैदा गर्ने बताए ।
यसअघि गत वर्ष पनि ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले रत्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

रत्तदान कार्यक्रममा विदुर नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष तथा विभिन्न सरकारी कार्यालयका प्रमुखका साथै सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया