आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
नुवाकोट । मोहम्मद जयन्तीको अवसरमा नेपाली इस्लाम धर्मावलम्बीका लागि आज सार्वजनिक बिदा दिइएको छ ।

गृह मन्त्रालयले मंगलबार जारी गरेको सूचना अनुसार बुधबार मोहम्मदजयन्तीका दिन इस्लाम धर्म मान्ने मुस्लिम समुदायका लागि सार्वजनिक बिदा दिइएको हो ।
०८२ फागुन १८ गते नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार मोहम्मदजयन्तीका अवसरमा नेपाली इस्लाम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ ।
सोही व्यवस्थाअनुसार मुस्लिम आयोगबाट बुधबार मोहम्मद जयन्ती परेको जानकारी प्राप्त भएपछि सरकारले बिदा दिने निर्णय गरेको मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ।
‘ईद- ए-मिलाद’ का रूपमा पनि चिनिने ‘ईद-मिलाद-उन-नबी’ इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मको सम्झनामा मनाइने पर्व हो। पैगम्बरको उदारता, करुणा र शिक्षाहरूको स्मरण गराउने भएकाले यसलाई नेपाललगायत विश्वभरीका मुस्लिमहरूका लागि एक महत्त्वपूर्ण दिन मानिन्छ।
पैगम्बर मोहम्मदका शिक्षाहरू समुदायका लागि लाभदायक साबित भएका छन्। ‘नबी डे’, ‘मौलुद’, ‘मोहम्मदको जन्मदिन’ वा ‘पैगम्बरको जन्मदिन’ यस पर्वका अन्य नामहरू हुन्।

यस वर्षको पर्व मनाउनका लागि आफ्नो घरलाई भित्ते सजावटका सामग्री र सुन्दर अरबी सुलेखन (क्यालिग्राफी) भएका चित्रहरूले सजाउने गरिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया