रसुवामा शीत भण्डार बन्ने

विदुर खबर २०७५ पुष २० गते १२:२०

रसुवा, तरकारी तथा फलपूmलको सुरक्षित भण्डारणका लागि शीत भण्डार स्थापना गरिने भएको छ । प्रदेश ३ सरकारले रसुवा सहित १० वटा जिल्लामा शीत भण्डारको स्थापना गर्न लागेको हो ।

Advertisement

रसुवा सहित मकवानपुर, धादिङ, सिन्धुली, रामेछाप, दोलखा, नुवाकोट, सिन्धुपाल्चोक, चितवन र काभ्रेमा शीतभण्डार निर्माणका लागि प्रस्ताव समेत आह्वान भएको छ । एउटा शीतभण्डार निर्माणमा चार करोड लगानी लाग्ने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

त्यसमध्ये स्थानीय तह, सहकारी एवं निजी क्षेत्र तथा स्वयं किसानलाई समेत केही प्रतिशत लगानी गर्न प्रेरित गरिने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले बताए । लामो समयदेखि किसानले शीत भण्डारको स्थापनाको माग राख्दै आएका थिए । शीतभण्डारको अभावमा किसानको लाखौं मूल्यको तरकारी तथा फलफूल कुहिने गरेको थियो ।

Advertisement

प्रतिक्रिया