स्थानीय सिंहदरवारका कुरा……..

विदुर खबर २०७५ पुष ५ गते १४:०६
सन्तोष खनाल

बेला मौसममा बजे त बाजा, नबजे त के को बाजा नी ?दुई दशक बित्योπ बिना सुर न तालका बाजा धन्किय । शान्ति, सुशासन ,विकास ,स्थायित्व, जन अपेक्षा संबोधन कता गए, पत्तो भएन?जनपक्षिय आबाजहरुको बिकुल कसले सुन्थे ?जनताका चाहना,आकाङक्षाहरु कति कुन्ठीत भए ?भन्छन एक कानले सुन्यो अर्को कानले उठायोे ,यो परिपाटिमा हुर्किएको हाम्रो समाज अनि हामि जनता । त्यतिबेला उनिहरुलाई कति सजिलो थियो पन्छाउन पनि–हाम्रा हातमा डाडु न पन्यू?सिंहका छाउरा न पर्यौ,अह्राएको गर्ने πहुनत मानब स्वभाबनै पर्यो आफ्नो गल्ती ,कमजोरी को दोष अरुलाई नै थोपर्ने ।

Advertisement


त्यो तन्त्रअनि यो संघीय राज्यका पुज्य स्थानीय दरवारका भगवान । दरबारमा उनिहरुको प्रबेश हुदै गर्दा जनताको आशा र बिश्वास सँगै परीबर्तन र समृद्धिप्रति को चाहहरुको प्रस्फुटन भएका थिए ।के फरकपनको आभाष गर्ने जनजनले ?भुतकालीन अस्तुलाई त्यो पनि मानसिक,कहिले सेलाउने त्रिशुली गंगाजलको स्पर्षसँगै?उहि पुरातनबादी सोच र शैलीले अहिलेको यो आधुनिक्ता उन्मुख समाजलाई चलायमान बनाउन कत्तिको सहज होला, उनिहरुको लागि सोचनीय बिषय हो । हरेक एउटा म देउताको हट कहिलेसम्म? पहिले स्थानीय अनि राष्ट हुने हो समृद्धि । यतैबाट सोच्ने कि ?
आफ्नो पनको अनुभुति गर्ने, स्वतन्त्रता र इमान्दारपूर्वक कार्य सम्पादन गर्न सक्नेहरुको खाचो छ यहाँ न कि स्वार्थपरायणता, ब्यक्तिबादी मनोवृत्तिको बोलवाला । राजनैतिक पृष्¬¬ठभुमिबाट सेयर भएका माननीयहरुको दुरदृष्टि,निती, योजना निर्माणमा अहम भुमिका जरुर रहन्छ । अनि तीप्रशासन हाक्ने आटिला बौद्धिक वर्गहरुले ती निर्दिष्ट योजना निर्माणमा र कार्यान्वयनमा रचनात्मक श्रेष्ठता देखाउनुपर्ने हो । तर बिडम्बना त्यसो भएको पाइन्न यहाँ । कता कता जनप्रतिनिधिहरु र कर्मचारी एक आपसमा पनि मतभेद देखिन्छ ।

हरेक एउटा म देउताको हट कहिलेसम्म? पहिले स्थानीय अनि राष्ट हुने हो समृद्धि । यतैबाट सोच्ने कि ?

Advertisement

कर्मचारीले जनप्रतिनिधिलाई नटेर्ने, जनप्रतिनिधिले कर्मचारीलाई वास्ता नगर्ने । यस्तो अवस्थाले पनि हाम्रो स्थानीय सिंहदरवार विरालो दरवारमै सीमित त भइरहेको छैन ? गर्नकै लागि किन डराउने, धक फुकाएर आफ्नो गाउँको समृद्धिको खाका कोर्न कस्ले रोकेको छ र ?कम्तिमा आफ्नो गाउँको विकासको लागि एक महिना एक पटक भए पनि सार्थक वहस सरोकारवाला सबैसँग संवाद अघि बढाउन पनि कसैले सिकाइरहनु पर्ने हो र ? कि जनताले पाँच वर्षलाई चुनेर पठाए, पाँच वर्ष पद खोसिँदैन । यो समय मेरै हो, मैले नै यहाँ शासन गर्ने छोटे राजा पो सम्झिएका हुन् कि ??
समृद्ध हुने सपना बोकेका नागरिकहरु अलमलमा नपर्ने कुरै छैन । हुनपर्ने के भइदियो के ?जनता जनार्दन रनभुल्लमा छन् πस्थानीय तहले नेतृत्व पाएको पनि डेड बर्ष बित्यो ।

विकास र समृद्धिको अनुभव हुने छनक कतिबेला देखिने ती दरवारहरुबाट ।गोरेटो , घोडेटो ,घर घरमा सडक ट्रयाकको योजना पार्न मरिहत्ते गर्ने,सडक निर्माण, स्तरोन्नती ,गुणस्तरहीन काम ,देखावटि विकास लाई नै विकास देख्ने हामी पनि उस्तै ।आफ्नो स्थानीय सरकार कसरी समृद्ध बन्न सक्छ भनेर मन मस्तिष्कबाट नै योजना बनाउनु र कार्यान्वयन गर्नु,आर्थिक ब्यबसायको बिस्तार , प्रोत्साहन गर्ने,मानव श्रम बाहिरीनबाट रोक्ने,दक्ष सिपको उत्पादन÷ ब्यापार,रोजगारमुलक ब्यबस्थापनका कुरा, सेवा सुबिधामा पहुँच र न्यायोचित रुपमा बाँडफाँड गर्ने तिर ध्यान दिने कि ?
गरीबि र अभाबबाट मुक्त समाजको निमार्णमा राज्य शतिmको समुचित उपयोग गर्ने बेला आएको छ । स्थनीय दरबारले जनताका आशा,अपेक्षालाई नजरअन्दाज गर्न सक्ने कुरा कदापि हुन सक्दैन । मुलभुत समस्याहरुको पहिचान गरी आफुसँग भएका सिमीतताहरुको बाध्यता, चुनौतिलाई अवसरमा बदल्न प्रयासको अनुभुति हुने कहिले?शुसासन, पारर्दशिता,जवाफदेहिता,समृद्धिका गोरेटो मात्र कोर्तन सके भने पनिपुङगम सन्तुष्टि मिल्ला हामीलाई ।

Advertisement

अहिलेको स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाहगर्नु अपरिहार्य छ कि आगामी टिमलाई कार्य सम्पादनको नजिर रहन्छ । आफ्ना अहिलेसम्मका कार्यसम्पादनको प्रगती , अनुभबहरुको समिक्षा गरी जन अपेक्षीत बिकासका नयाँ गोरेटो कोर्न सके समय सापेक्ष जनरहरकोमुल फुट्छ । समय बदलिएला, बिचार बदलिएला तर कमाएको ब्राण्ड,शाख भने उहि रहिरहन्छ ।सुन्दर दिक्गज का सुन्दर मनहरुबहकिन अपरीर्हाय छ त्यसपछि पो स्वाद चाट्न मज्जा आउछ । एैस आरामको सपना देख्नुपर्छ स्थानीय तहले, आफ्ना जनतालाई कसरी बिकास र समुदिको अनुभुति दिलाउने भनेर ।


(लेखक खनाल संवाद समुह नुवाकोटमा कार्यरत छन )

प्रतिक्रिया