मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ

विदुर खबर २०८२ कार्तिक १० गते २१:५८

नुवाकोट । मादक पदार्थ सेवन गरर यात्रुवाहक सवारी साधन चलाउने नुवाकोटको विदुरका एकसहित ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement

उपत्यकाका विभिन्न ठाउँमा गरिएको चेकजाँचका क्रममा ७ जना चालक मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएको हो ।

पक्राउ पर्नेहरूमा नुवाकोटको विदुर नगरपालिका २ घर भएका ३७ वर्षीय राजु कटुवाल, कलिकोटको पचालझरना गाउँपालिका ७ घर ३४ वर्षीय खम्ब दमाई, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ७ घर र्भका ३४ वर्षीय सिताराम गिरी, काठमाडौंको टेकु बस्ने ६७ वर्षीय मोचाकाजि महर्जन, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १३ घर भएका ३७ वर्षीय सकुल डोटेल, सप्तरीको राजविराज नगरपालिका ११ बस्ने ४० वर्षीय धर्मदेव यादव र सर्लाहीको बागमती नगरपालिका १ का ३६ वर्षीय अजय गोले रहेका छन् ।

Advertisement

नियन्त्रणमा आएका चालकहरूलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया