चिलिमे जलविद्युत् कम्पनीले २५ प्रतिशत लाभांश दिने

विदुर खबर २०७५ मंसिर २६ गते १३:५३
File Photo

काठमाडौँ, चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७४÷७५ को मुनाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ । 

Advertisement

कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले सो आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजीको पाँच प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने निर्णय गरेको हो । कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत शेयर लाभांश र १० प्रतिशत नगद लाभांश दिएको थियो । 

सञ्चालक समितिको उक्त प्रस्ताव आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गर्ने कम्पनीले जनाएको छ । कम्पनीले उक्त जानकारी नेपाल स्टक एक्सचेञ्जलाई गराएको छ । 

Advertisement

कम्पनीले रसुवामा २२ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । यस्तै सोही कम्पनीका सहायक कम्पनीले अन्य चार आयोजना निर्माण गरिरहेको छन् । ती आयोजनामा माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र मध्यभोटेकोशी रहेका छन् । 

प्रतिक्रिया