एक वर्षमा सन्दीप खेलेरै कमाए दुई करोड, छोटो समयमा करोपति बनेका सन्दीपलाई ठूला खेल खेल्नमै भ्याई नभ्याई

विदुर खबर २०७५ मंसिर १४ गते २:११

काठमाडौं, मंसिर १४ । युएईमा चलिरहेको क्रिकेटको नयाँ संस्करण टी–१० लिगमा कमेन्टेटरले सन्दीप लामिछानेको प्रशंसा गरिरहेका थिए । विश्वचर्चित कमेन्टेटरको प्रशंसाका लायक बनेका सन्दीपले केबल १८ वर्षको उमेरमै विश्वका नामुद क्रिकेटरहरूसँग खेलिसकेका छन् । यतिवेला उनलाई विश्वमै ख्यातिप्राप्त टी–२० र टी–१० लिग खेल्न भ्याई–नभ्याई छ ।

Advertisement

उनी यतिसम्म व्यस्त छन् कि उनले घरेलु टी–२० एभरेस्ट प्रिमियर लिगमा समेत खेल्न नभ्याउने भएका छन् । उनी ललितपुर पेट्रियट्सबाट दुई खेल मात्र खेलेर बिग ब्यास खेल्न अस्ट्रेलिया जानेछन् । उनले यो वर्ष मात्र पाँचवटा लिग खेलिसकेका छन् । अरू चार लिग खेल्ने तयारीमा छन् । यो वर्ष खेलेरै उनले दुई करोड रुपैयाँ कमाइसकेका छन् ।

साढे दुई वर्षअघि प्रशिक्षक पुबुदु दासानायकेले चितवनबाट काठमाडौंमा ल्याउँदा सन्दीप लामिछानेको क्रिकेट यात्रा कहाँसम्म पुग्छ वा रोकिन्छ भन्ने कसैलाई थाहा थिएन । जर्नी टु विश्वकपका लागि प्रशिक्षक पुबुदुलाई बिल्कुलै नयाँ युवा खेलाडीको आश्यकता थियो । यही अभियान पूरा गर्न उनी एक दिन चितवन पुगेका थिए । त्यहाँको क्याम्पाचौरमा एक १६ वर्षीय ठिटो बलिङ गरिरहेको थियो । उसलाई पूर्वक्रिकेटर राजु खड्काले प्रशिक्षण दिइरहेका थिए । त्यो ठिटोको खेल देखेर पुबुदु प्रभावित भइहाले । ती ठिटो थिए, सन्दीप लामिछाने ।

Advertisement

सन्दीपको लेगब्रेक र गुगुली देख्दा नेपालका लागि क्यानेडियन प्रशिक्षक पुबुदु दंग परेका थिए । आँखा नै झिमिक्क नगरी पुबुदुले सन्दीपको बल फयाँक्ने शैली र पिचमा बलको टर्निङ हेरिरहे । त्यसपछि उनले सन्दीपलाई एकैपटक जर्नी टु विश्वकपको क्याम्पमा समावेश गरे । रमाइलो पक्ष के थियो भने त्रिवि क्रिकेट मैदानमा सिनियर टोलीका अनभुवी खेलाडीले पनि सन्दीपमाथि विश्वास गरेका थिएनन् ।

क्याम्पाचौरको नेटमा बल फ्याँक्ने ‘फुच्चे केटो’को भाउ विश्व क्रिकेट बजारमा औसतमा ६७ लाख पुगिसकेको छ । पछिल्लोपटक अस्ट्रेलियाको बिग ब्यास र बंगलादेश प्रिमियर लिगले उनलाई ६० हजार डलरमा अनुबन्ध गरेका छन् । अब विश्वको प्रत्येक टी–२० लिगमा सन्दीप अपरिहार्य खेलाडी भइसकेका छन् ।

Advertisement

धेरैजसोले ‘पुबुदुले कस्तो फुच्चे खेलाडी राष्ट्रिय टोलीका लागि छनोट गरेको’ भनेर टिप्पणी गरेका थिए । केही समय सन्दीपले नेपालका स्टार क्रिकेटरको बीचमा एक्लो महसुस पनि गरे । अझ फर्ममा रहेका र लामो समय नेपाली क्रिकेटलाई योगदान दिइरहेका स्ट्राइक स्पिनरद्वय शक्ति गौचन र वसन्त रेग्मीबीच सन्दीपले आफूलाई प्रमाणित गर्नुपर्ने थियो ।

प्रतिक्रिया