विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
नुवाकोट। अविरल वर्षा र प्राविधिक समस्याका कारण विदुर क्षेत्रमा पछिल्लो दुई दिनदेखि खानेपानी वितरण प्रभावित भएको छ।

विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले एक सूचना जारी गर्दै फलाखु खोलामा धमिलो पानीको बहाव बढेकाले मुहानबाट सोझै पानी सञ्चालन गर्न नसकिएको जनाएको छ।
संस्थाका अनुसार सम्पवेल र बोरिङहरूबाट पानी ट्याङ्कीहरूमा खसाल्ने निरन्तर प्रयास भइरहेता पनि बेलाबखत हुने विद्युत् कटौती (लाइट जाने समस्या) र खोलाको अत्यधिक धमिलोपनले गर्दा सोचेअनुरूप पानी वितरण गर्न नसकिएको हो।
समस्या तत्काल समाधान नभएसम्मका लागि संस्थाले आलोपालो (लोडसेडिङ) प्रणाली अपनाएर खानेपानी सञ्चालन गर्ने बाध्यता रहेको बताएको छ। मुहानबाट ट्याङ्कीमा सफा पानी नझरुञ्जेलसम्म आफ्नो क्षेत्रमा पानी आपूर्ति भएको समयमा फजुल खर्च वा दुरुपयोग नगरी अधिकतम सदुपयोग गरिदिन संस्थाले उपभोक्ताहरूमा हार्दिक अनुरोध गरेको छ।

खानेपानी अवरुद्ध हुँदा उपभोक्तामा पर्न गएको असुविधाप्रति विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले क्षमायाचना समेत प्रकट गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














चिलिमे जलविद्युत आयोजनाको सुरुङमा तीन जनाको शव फेला
विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने





प्रतिक्रिया