चिलिमेकाे प्रमुख कार्यकारी अधिकृतमा माधवप्रसाद कोइराला
नुवाकोट, नेपाल विद्युत प्राधिकरण ११अाैं तह (निर्देशक) का कर्मचारी माधवप्रसाद कोइराला चिलिमे जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइअाे) नियुक्त भएका छन् ।
प्राधिकरणकाे ५१ प्रतिशत स्वामित्व रहेकाे कम्पनीमा उनलार्इ उक्त जिम्मेवारी दिइएकाे हाे । काेइराला अहिले रसुवागढी हाइड्राे पावर कम्पनीमा कम्पनीमा सिइअाेकाे रूपमा कार्यरत छन् । उनलार्इ यहाँकाे जिम्मेवारी पनि सम्हाल्ने गरी चिलिमेकाे सिइअाे नियुक्त गरिएकाे हाे । यसअघि उक्त जिम्मेवारीमा रहेका दामोदरभक्त श्रेष्ठले अवकास पाइसकेका छन् । प्राधिकरणले मंगलबार काेइरालालार्इ चिलिमेमा नियुक्त भएकाे पत्र दिएकाे थियाे ।
उनी बुधबारबाट त्यहाँ हाजिर भएका छन् । आफ्नो कार्यकालमा चिलिमेअन्तर्गत निर्माणाधीन २ सय ७० मेगावाटका आयोजना सम्पन्न गर्ने तथा नयाँ आयोजनाको निर्माण प्रक्रिया अघि बढाउने उनले बताए । ‘चिलिमेका ४ आयोजना चाँडो सम्पन्न गर्ने जिम्मवारीलाई प्राथमिकता दिन्छु,’उनले भने, ‘अहिले अध्ययनको क्रममा रहेका आयोजना निर्माणको चरणमा पुर्याउन पनि मेरो भूमिका रहनेछ ।’ २०४८ सालमा इन्जिनियरको रुपमा ७ तहबाट नेपाल विद्युत प्राधिकरणमा सेवा सुरु गरेका कोइरालासँग चिलिमे कम्पनीमा काम गरेको लामो अनुभव छ । २०५० सालमा कम्पनी स्थापना भएयता उनी चिलिमेसँग जाेडिएका थिए ।
२२ मेगावाटकाे चिलिमे जलविद्युत अायाेजनाकाे सफल निर्माण गर्नमा उनकाे पनि याेगदान छ । अायाेजना पूरा भएपछि २०६५ सालमा काेइरालाकाे नेतृत्वमा १ सय ११ मेगावाटकाे रसुवागढी अायाेजनाकाे पहिचान गरी विकास प्रक्रिया अघि बढेकाे थियाे । अायाेजना अघि बढाउन २०६८ सालमा रसुवागढी हाइड्राे पावर कम्पनी स्थापना गरेर उनलार्इ कायर्कारी निर्देशककाे जिम्मेवारी दिइएकाे थियाे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग
इजरायलले लेबनानमा हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु
बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित





प्रतिक्रिया