देउवालाई स्वागत गर्न सभापति गगन जाँदा आकाश खस्दैन : केसी

विदुर खबर २०८३ साउन २७ गते १३:३५

नुवाकोट । नेपाली कांग्रेसका नेता नेपाली का‌ग्रेस नुवाकोटका पूर्वसभापति जगदीश्वरनरसिंह केसीले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवालाई स्वागत गर्न सभापति गगन थापा उपसभापति विश्वप्रकाश शर्मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाँदा आकाश नखस्ने बताएका छन् ।

Advertisement

एक टेलिभिजन अन्तर्वार्ताका क्रममा नेता केसीले देउवा पार्टीका आदरणीय नेता भएकाले उहाँलाई स्वागत गर्न जानु उपयुक्त हुने धारणा राखेका हुन्। उहाँ हाम्रो सभापति, आदरणीय नेता हो। उहाँलाई स्वागत गर्न जानुपर्छ। त्यहाँ जाँदा सानो हुने होइन, आकाश खस्दैन,’ केसीले भने।

उनले आफूले सभापति देउवामाथि भदौ २४ गते भएको आक्रमणको भोलिपल्टै त्यसको विरोधमा जुलुस निकालेको स्मरणसमेत गरे। केसीले कांग्रेसलाई एकताबद्ध बनाउन सभापति गगन थापा संस्थापनइतर पक्षसँग लचक हुनुपर्ने बताए।

Advertisement

पार्टी विधानभित्र रहेका माग र विषयमा लचकता अपनाउँदै १५औँ महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन नेतृत्वले पहल गर्नुपर्ने उनको सुझाव छ।

‘सहमतिका साथ कांग्रेस अघि बढे रुख र चार तारा सबै कांग्रेसको हुन्छ। हामी एकताका साथ १५औँ महाधिवेशन गरौँ,’ उनले भने।

Advertisement

प्रतिक्रिया