सन्दीपले पाकिस्तान सुपर लिग खेल्ने
नुवाकोट, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
मंगलबार भएको अक्सनमा सन्दीपलाई पीएसएल क्लब लाहोर कालान्दरले किनेको हो । गोल्ड श्रेणीमा रहेका सन्दीपलाई लाहोरले बोलि लगाएको थियो ।

सन्दीपले लाहोरबाट न्युनतम ५० लाख देखि ७० लाख रुपैयाँ प्राप्त गर्नेछन् । जुन इन्डियन प्रिमियर लिग (आईपीएल) भन्दा झण्डै दोब्बर मुल्य हो । सन्दीपले गत सिजन आईपीएलमा २० लाख भारु पाएका थिए । सन्दीपको टिममा दक्षिण अफ्रीकाका एबी डी भिलियर्स, फकर जमान, साहिद अफ्रिदी, यासिर शाह,कार्लोस ब्रेथवेट, साहिद अफ्रिदी जस्ता खेलाडी रहेका छन् ।
यस संस्करणको पीएसएल १७ फेब्रुअरी देखी १७ मार्चसम्म हुनेछ । पीएसएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । सन्दीप पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा निकै व्यस्त बनेका छन् । आईपीएल खेल्दै चर्चामा आएका सन्दीपले यसै सिजन अष्ट्रेलियन लिग बिग बास क्लबमा अनुबन्धित भएका छन् । सन्दीपले आईपीएलपछि क्यानेडियन लिग, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । सन्दीप अहिले टी-१० लिग खेल्न युएईमा रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











महिलाहरुलाई जीविकोपार्जनको लागि तालिमसहित निशुल्क कुखुराको चल्ला वितरण
नौबिसे–धार्के सडकखण्ड पिच भयो
रास्वपा बागमती प्रदेश सभापतिमा अर्याल निर्वाचित
‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु





प्रतिक्रिया