सन्दीपले पाकिस्तान सुपर लिग खेल्ने

विदुर खबर २०७५ मंसिर ४ गते १३:२७

नुवाकोट, नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।

Advertisement

मंगलबार भएको अक्सनमा सन्दीपलाई पीएसएल क्लब लाहोर कालान्दरले किनेको हो । गोल्ड श्रेणीमा रहेका सन्दीपलाई लाहोरले बोलि लगाएको थियो ।

Advertisement

सन्दीपले लाहोरबाट न्युनतम ५० लाख देखि ७० लाख रुपैयाँ प्राप्त गर्नेछन् । जुन इन्डियन प्रिमियर लिग (आईपीएल) भन्दा झण्डै दोब्बर मुल्य हो  । सन्दीपले गत सिजन आईपीएलमा २० लाख भारु पाएका थिए । सन्दीपको टिममा दक्षिण अफ्रीकाका एबी डी भिलियर्स, फकर जमान, साहिद अफ्रिदी, यासिर शाह,कार्लोस ब्रेथवेट, साहिद अफ्रिदी जस्ता खेलाडी रहेका छन् ।

यस संस्करणको पीएसएल १७ फेब्रुअरी देखी १७ मार्चसम्म हुनेछ । पीएसएलमा ६ टिमले प्रतिस्पर्धा गर्नेछन् । सन्दीप पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा निकै व्यस्त बनेका छन् । आईपीएल खेल्दै चर्चामा आएका सन्दीपले यसै सिजन अष्ट्रेलियन लिग बिग बास क्लबमा अनुबन्धित भएका छन् । सन्दीपले आईपीएलपछि क्यानेडियन लिग, क्यारेबियन प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग खेलिसकेका छन् । सन्दीप अहिले टी-१० लिग खेल्न युएईमा रहेका छन् ।

Advertisement

प्रतिक्रिया