दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
नुवाकोट । नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रिय अध्यक्ष तथा समाजसेवी शुशिल खड्काले दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको एक सामाजिक संस्थालाई सहयोग गरेका छन् ।

बिहिबार आयोजित एक कार्यक्रममा खड्काले नेकपा एमाले वागमती प्रदेश सचिवालय सदस्य बलराम आचार्यको प्रमुख आतिथ्यतामा दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ मा रहेको सत्यवचन मार्ग दर्शन सामाजिक संस्था सुर्यडाँडालाई टेवल र कुर्सी लगायत आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै खड्काले आगामी दिनमा पनि यस्ता सहयोग निरन्तरता दिने बताए । उनले आफुलाई दुःख र समस्यामा परेको बेला सम्झन आग्रह गर्दै सहयोग मागेमा आफु सधैँ तयार रहेको बताए ।


यस्तै कार्यक्रममा नेकपा एमाले वागमती प्रदेश सचिवालय सदस्य बलराम आचार्यले खड्काले लामो समयदेखि विभिन्न व्यक्तिहरुलाई सहयोग गरिरहेको भन्दै खुशी व्यक्त गरे ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेकपा एमाले दुप्चेश्वर गाउँपालिका कमिटी अध्यक्ष एवं दुप्चेश्वर ५ का वडाध्यक्ष मईतबहादुर तमाङ, नेकपा एमाले दुप्चेश्वर गाउँपालिकाका उप–सचिव तथा निर्वाचित वडा सदस्य आर्यन तमाङ र दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ का वडा कमिटी अध्यक्ष दिपक पण्डित लगायतको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया