रास्वपा रसुवाको नेतृत्वमा भट्ट
नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रसुवामा नयाँ जिल्ला समिति गठन गरेको छ ।

यसअघि समितिलाई भंग गरेको रास्वपाले शनिबार वसन्त भट्टको नेतृत्वमा नयाँ समिति बनाएको हो । उपसभापतिमा दावा लामा, सचिवमा रविन्द्र लोप्चन,सह सचिवमा रविन्द्र तामाङ चयन भएका छन् । सदस्यहरुमा निर्मन घले, सानुमाया तामाङ, सुशील खतिवडा, युवराज घले र कृष्णबहादुर घले छन् ।
नयाँ नेतृत्व चयनका लागि पार्टीले स्वस्तिका लामिछानेको नेतृत्वमा निर्वाचन समिति गठन गरेको थियो । तीन सदस्यीय निर्वाचन समितिका थप दुई सदस्यमा इन्दिरा गौतम र जानुका सुवेदी थिए ।
रसुवा जिल्ला भेला तथा तदर्थ समिति गठन गर्नका लागि केन्द्रीय तहका नेताहरु पुगेका थिए । महामन्त्री भूपदेव शाह सहित संगठन विभागका सचिव शंकर श्रेष्ठ, सांसद यज्ञमणि न्यौपाने, बागमतीका सभापति डा. अच्यृत्तम लामिछाने, बागमती महामन्त्री सुरेन्द्र भट्ट लगायतका नेताहरु रसुवा पुगेका थिए ।

भेलामा बोल्ने क्रममा महामन्त्री शाहले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वको सरकारले उत्कृष्ट सुरुवात गरेको दाबी गरे । ‘अहिले हामीले काम गरिराख्या छौं । म यो भन्दिन कि, हामी सफल भइसक्यौ । हामीले जनताका अपेक्षा पुरा गरिसक्यौ म भन्दिन तर त्यसको सुरुवात उत्कृष्ट भएको छ,’ शाहले भने ।
देश विकासका लागि तीनै तहको सरकारमा रास्वपा हुनुपर्ने उनले बताए । ‘त्यही भएर आसन्न प्रदेश सभामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीले सातवटै प्रदेशमा सरकार बनाउनु पर्ने आवश्यकता छ’, शाहले भने,‘स्थानीय तहमा पनि अधिकांश स्थानीय तहहरु जित्नुपर्ने हाम्रो आवश्यकता र यो देशको बाध्यता छ ।

त्यही भएर हामीले संघीय निर्वाचन मात्र जितेको हो देशले जित्न अझै बाँकी छ ।’
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया