कालिन्चोक हाइड्रोपावरको आईपीओ बाँडफाँट
विदुर खबर
२०८३ वैशाख ७ गते १३:३५
नुवाकोट । कालिन्चोक हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।
कम्पनीले गत चैत २२ गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका६ करोड ८४ लाख ७५ हजार रुपैयाँबराबरको ६ लाख ८४ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो निष्काशनमा कुल २७ लाख ८४ हजार ५१९ जनाले आवेदन दिएका थिए। जसमध्ये २६ लाख ३५ हजार ६३४ आवेदन स्वीकृत भएको थियो भने बाँकी आवेदन रद्द भएको थियो।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ।

जसअनुसार ६८ हजार ४७५ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोट बारको अध्यक्षमा घिमिरे
देशभर बदली, वर्षा र हिमपातको सम्भावना
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प
तारकेश्वरका शिक्षकहरूकाे पाँच दिने तालिम शुरू
बागमतीमा घट्यो मन्त्रालय, अब ८ कायम





प्रतिक्रिया