बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
नुवाकोट । नेपाल उद्योग बाणिज्य महासंघ बागमती प्रदेश अध्यक्षमा वेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

हेटौंडामा मंगलबार भएको निर्वाचनमा दुर्गाराज श्रेष्ठलाई पराजित गर्दै वेदबहादुर अध्यक्ष निर्वाचित भएका हुन् । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष वेदबहादुरले ६१ दशमलव ०५ प्रतिशत मत प्राप्त गरी निर्वाचित हुँदा दुर्गाराजले ३८ दशमलव ९५ प्रतिशत मत प्राप्त गरेका थिए ।
निर्वाचनमा वस्तुगत, एसोसिएट र जिल्ला/नगर गरी २१७ मत खसेको थियो । उपाध्यक्षतर्फ जिल्ला/नगरमा मकवानपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णकुमार गुप्ता विजयी भएका छन् ।
एसोसिएट उपाध्यक्षतर्फ कृष्णभक्त श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका थिए । वस्तुगत उपाध्यक्षतर्फ प्रेमहरि मैनाली १४ मतसहित निर्वाचित भएका थिए । कोषाध्यक्षमा धादिङ उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष रुद्रबहादुर खत्री ९७ मतसहित विजयी भएका थिए ।
कार्यकारिणी सदस्यमा जिल्ला/नगरतर्फ कृष्णमुरारी न्यौपाने (भक्तपुर), जयप्रकाश श्रेष्ठ (रामेछाप), राजकुमार कँडेल (चितवन), राजन कार्की (काभ्रेपलाञ्चोक) र सनत थापा (दोलखा) सर्वसम्मत निर्वाचित भएका थिए ।

एसोसिएटतर्फ कार्यकारिणी सदस्यमा उत्तम शर्मा ढकाल (मकवानपुर) र नविन्द्र देव सिं निर्वाचित भएका थिए भने कार्यकारिणी सदस्यमै वस्तुगततर्फ ज्योतिरत्न बज्राचार्य (मकवानपुर) र सदिश श्रेष्ठ निर्वाचित भए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












आज केही ठाउँमा भारी वर्षाको सम्भावना
नुवाकोटको ककनीमा एक महिला मृत फेला
अर्जेन्टिनालाई हराउँदै स्पेनले जित्यो विश्वकपको उपाधि
धादिङको बेनीघाट क्षेत्रमा पहिरो, यातायात अवरुद्ध
मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी





प्रतिक्रिया