रसुवाको उत्तरी भेगमा हिमपात
रसुवा । जिल्लाको उत्तरी भेगमा यस वर्षको पहिलो हिमपात सुरु भएको छ ।

लाङ्टाङ, गोसाइँकुण्ड, नाकथली, पाङसाङ, हाकुडाडा, यार्सा भञ्ज्याङलगायत उच्च हिमाली क्षेत्रमा आज बिहानदेखि हिमपात हुन थालेको हो ।
लाङ्टाङ क्षेत्रमा करिब एक इञ्च हिउँ जमेको छ भने घोडातबेलासम्म हिमपात आइसकेको स्थानीयले बताएका छन् । राम्चेभन्दा माथिल्लो क्षेत्रमा चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित बन्न थालेको छ ।
लाङ्टाङका आधिकांश स्थानीय काठमाडौँ गएकाले अहिलेको हिमपातले लाङटाङ बस्तीमा असर नगरेको गोसाइँकुण्ड गाउँपालिका–४ का वडाध्यक्ष ढिण्डुप तामाङले जानकारी दिए ।
यसैबीच, हिमपात र चिसोको असरले स्वास्थ्य समस्या बढ्नसक्ने भएकाले ज्येष्ठ नागरिक र बालबालिकालाई विशेष सतर्कता अपनाउन रसुवा जिल्ला अस्पतालले आग्रह गरेको छ ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा अमितकुमार शाहले न्यानो लुगा लगाइदिने, तातो तथा पोषिलो झोलिलो खानेकुरा खुवाउने र धुवाँको असर नपर्ने न्यानो स्थानमा राख्न समुदायलाई अनुरोध गरे ।
हाल हल्का रूपमा परिरहेको पानी क्रमशः बढ्दै जाने सम्भावना रहेकाले जमिन भिज्न गई खेतबारीमा चिसोपन बढ्ने र यसले हिउँदे बालीबाट आउने कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने किसान याकबहादुर लिम्बूले आशा व्यक्त गरे ।
हिमपातसँगै रसुवाको उत्तरी भेगमा चिसो बढे पनि यसले पर्यटन र कृषि क्षेत्रमा दीर्घकालीन रूपमा सकारात्मक वातावरण बनाउने अपेक्षा गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको दुप्चेश्वरमा झगडा छुट्याउने क्रममा झाँक्रीको मृत्यु, दुईजना पक्राउ
रसुवाको उत्तरी भेगमा हिमपात
नुवाकोटमा पनि हल्का वर्षा
नुवाकाेटमा निर्वाचन आचारसंहिता अनुमगनका लागि अनुमगन अधिकृत तोकियो
रसुवाको माथिल्लो क्षेत्रमा हिमपात





प्रतिक्रिया