रसुवाबाट एमालेको महाधिवेशनका लागि ८ प्रतिनिधि चयन
विदुर खबर
२०८२ मंसिर १५ गते १९:५२
रसुवा । नेकपा एमालेकाे ११ औँ महाधिवेशनका लागि रसुवाबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन् ।

पार्टीकाे जिल्ला कमिटीले खुला,महिला,दलित तथा युवाकाेटा गरेर कुल ८ जना प्रतिनिधि छनौट गरेको हो ।
खुला तर्फ कैसाङ नुर्पु तामाङ,सुरेन्द्रराज लम्साल,छाेवाङ तेन्जिङ तामाङ र कर्णेल तामाङ रहेका छन् । महिला तर्फ चमेली गुरूङ,सुजना लामा छन् भने दलित तर्फ चमेली सुनुवार र युवा तर्फ कुमार नगरकाेटि चयन भएका छन्।

नेकपा एमाले रसुवाले पहिलो पटक विगतमा सहमति र नेतृत्व कै मनाेनयनमा सहमति रहने आन्तरिक प्रक्रियालाई यस वर्ष पहिलो पटक मतदान मार्फत पारदर्शी र खुला बनाई शनिवार मतदान गरी प्रतिनिधि चयन गरेको हो ।
आसन्न ११ औँ महाधिवेशनका लागि रसुवामा सर्वसम्मतले प्रतिनिधि छनौट गर्न सफल भएको नेकपा एमाले रसुवाका उपाध्यक्ष कैसाङ नुर्पु तामाङ ले जानकारी दिए।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











काठमाडौं-केरुङ रेलमार्ग सरकारको प्राथमिकतामा
एसईको नतिजा सार्वजनिक, ६५ प्रतिशत विद्यार्थी उत्तीर्ण
नुवाकोटमा महुली लघुवित्तको वित्तिय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न
नुवाकोट मोबाइल व्यवसायी संघको अध्यक्षमा श्रेष्ठ
नुवाकोट क्रसर उद्योग संघको अध्यक्षमा चित्रकार





प्रतिक्रिया