समुह विजेता बन्दै नेपाल टी–२० विश्वकप छनोटको सुपर सिक्समा प्रवेश
नुवाकोट । नेपाल अपराजित रहँदै आइसीसी टी-२० विश्वकप इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा प्रवेश गरेको छ ।

समूह बीको अन्तिम खेलमा नेपालले शुक्रबार जापानलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जितसहित सुपर सिक्समा प्रवेश गरेको हो । एकमा जित र एकमा हार भोगेको जापान पनि सुपर सिक्समा प्रवेश गर्यो । सुपर सिक्समा नेपालको २ अंक र जापानको शुन्य अंक रहनेछ ।
जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा आशिफ शेखले ३८, कुशल भुर्तेलले २१ र रोहित पौडेलले १८ रनको योगदान गरे । दीपेन्द्र सिंह ऐरी १४ र गुल्शन झा २८ रनमा नटआउट रहे । सन्दीप जोरा ५ र कुशल मल्ल ४ रनमा आउट भए ।
यसअघि ओमान क्रिकेट एकेडेमीमा पहिला ब्याटिङ गरेको जापानले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३१ रनको योगफल तयार पारेको थियो । जापानका लागि कप्तान केन्डल काडोवाकी फ्लेमिङले ६० र इसाम रहमानले ३१ रन जोडे ।
नेपालका लागि सन्दीप लामिछाने र गुल्शन झाले समान २ तथा सोमपाल कामी र नन्दन यादवले समान एक विकेट लिए ।

- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया