भियतनामसँग नेपाल फेरि पराजित
नुवाकोट । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले तेस्रो खेलमा पनि हार बेहोरेको छ ।

यसअघि मलेसिया र लाओससँग पराजित भएको नेपाल बिहीबार भियतनामसँग ३–१ ले हारेको हो । योसँगैं नेपालको एसियन कप खेल्ने संभावना लगभग समाप्त भएको छ । नेपालले अब, तीन खेल खेल्न बाँकी छ र तीनै खेलमा जितेपनि छनोट हुने संभावना न्युन बनेको छ ।
भियतनामको मैदानमा नेपालले पहिलो हाफमा भियतनाम जस्तो बलियो टोलीलाई १–१ बराबरीमा रोकेको थियो । त्यसो त नेपालले नवौं मिनेटमै गोल आत्मसात गरेको थियो । ट्रोङ टियन एनको पासमा न्युगेन हाय लोङले बक्स भित्रबाट गोल गरे । यो गोल हुँदा नेपालको कमजोर डिफेन्स राम्ररी झल्केको थियो ।
नेपालले १७ औं मिनेटमा गोल फर्र्काएर खेल बराबरीमा पु¥याएको थियो । रोहन कार्कीको लामो फ्रि–किक प्रहारमा डिफेन्डर सनिश श्रेष्ठको हेडर गोलमा परिणत भएको थियो । यो सनिशको पहिलो अन्तर्राष्ट्रिय गोल हो।

यस्तै सनिश भियतनामविरुद्ध गोल गर्ने पहिलो नेपाली खेलाडीसमेत बने । यसअघि नेपालले दुई भेट गर्दा भियतनामको जाली हल्लाउन सकेको थिएन । २२ वर्षअघि एएफसी एसियन कप छनोटअन्तर्गतकै दुई खेलमा नेपाल भियतनामसँग क्रमशः २–० र ५–० ले हारेको थियो ।
खेलको २५औं मिनेटमा भियतनामको गोललाई ‘लाइन्सम्यान’ले ‘अफसाइड’ घोषित गर्दा नेपाल २–१ ले पछाडि पर्नबाट जोगियो । इन्जुरी समयमा नेपाल १० खेलाडीमा सीमित भयो ।
भियतनामको गोल अवसरमा बाधा पु¥याएकोमा लाकेन लिम्बूले रातो कार्ड बेहोरेका थिए । दोस्रो हाफमा १० खेलाडीबाट खेलेको नेपालले थप दुई गोल बेहोरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया