नेकपा रसुवाले गर्याे गाउँपालिका स्तरीय कमिटी निर्माण

विदुर खबर २०७५ कार्तिक १९ गते ११:४२

रसुवा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाले पाँच वटै गाउँपालिका स्तरीय कमिटी निर्माण गरेको छ ।

Advertisement

७५ सदस्य रहेको गाउँपालिका स्तरीय कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवसमेत तोकिएको नेकपा रसुवाका नेता माधब लामिछाने समिरले जनाएका छन् । नौकुण्ड गाउँपालिका स्तरीय कमिटीको इन्चार्जमा केशव पौडेल, सहइन्चार्ज मेन्दो छिरिङ तामाङ, अध्यक्ष हित बहादुर न्यौपाने र सचिवमा रामकुमार न्यौपाने रहेका छन् ।

आमाछोदिङ्मो गाउँपालिका स्तरीय कमिटीको इन्चार्जमा पेम्बा तामाङ, सहइन्चार्जमा ल्हाक्पा तामाङ अध्यक्ष फूर्पुतेन्जेन तामाङ र सचिवमा फूर्पु सिंगी तामाङ रहेका छन् । गोसाईकुण्ड गाउँपालिका स्तरीय कमिटीको इन्चार्जमा विजय लामा, सहइन्चार्जमा फूर्पा तामाङ, अध्यक्षमा दावा मिङमर तामाङ र सचिवमा तेन्जेन छेसाङ तामाङ रहेका छन् ।कालिका गाउँपालिका स्तरीय कमिटीमा इन्चार्ज अर्जुन देवकोटा, सहइन्चार्ज विष्णु पौडेल, अध्यक्ष टिका देवकोटा र सचिव चाम्सिङ लोप्चन रहेका छन् ।

Advertisement

उत्तरगया गाउँपालिका स्तरीय कमिटीमा इन्चार्ज डिल्ली सुवेदी सहइन्चार्जमा  भगवती न्यौपाने, अध्यक्षमा यमनाथ आचार्य र सचिवमा लिला न्यौपाने रहेका छन् । पार्टी एकता प्रक्रिया तीव्र गतिमा रहेको र निर्माण गरिएको कमिटी प्रदेश इन्चार्जमार्फत् प्रदेश कमिटीलाई बझाइएको नेकपाका केन्द्रीय सदस्य माधब अर्यालले बताएका छन् ।

प्रतिक्रिया