तेस्रो सुर्यगढी कप फुटबल प्रतियोगिता स्थगित

विदुर खबर २०८२ असोज १ गते २१:२२

नुवाकोट । नुवाकोटको सुर्यगढी गाउँपालिका वडा नम्बर ३ मा आगामी असोज ७ गतेदेखि हुन भनिएको तेस्रो सुर्यगढी कप नुवाकोट जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता स्थगित भएको छ ।

Advertisement

सुर्यगढी नव युवा क्लबको आयोजना तथा सुर्यगढी गाउँपालिका संरक्षकत्वमा आगामी असोज ७ गतेदेखि १३ गतेसम्म हुने भनिएको प्रतियोगिता देशमा भएको जेनजी आन्दोलन र त्यसबाट सिर्जित परिस्थितलाई मध्यनजर गरेर स्थगित गरिएको क्लबका अध्यक्ष राजु तामाङले जानकारी दिए ।

मंगलवार क्लब अध्यक्ष तामाङले एक सुचना जारी गर्दे अर्काे सुचना नआएसम्मको लागि प्रतियोगिता स्थगित गरिएको जानकारी दिए ।

Advertisement

त्यस्तै क्लबले जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुप्रति श्रदान्जली अर्पण गर्दै मृतक परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया