रसुवाकी सोनी घले मिस नेपाल उपविजेता बनिन्
विदुर खबर
२०८२ भदौ १५ गते ७:०८
नुवाकाेट । धुन्चेकी सोनी घलेले मिस नेपाल २०२५ मा तृतीय स्थान हासिल गर्दै मिस अर्थको ताज जितेकी छन्।

उनले राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगितामा ऐतिहासिक उपलब्धि हासिल गर्दै रसुवाको नाम उजागर गरेकी हुन्। शनिवार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा सम्पन्न ३१औँ संस्करणको ग्रान्ड फिनालेमा पूर्व मिस अर्थ सुमना केसीले उनलाई ताज पहिराइदिएकी थिइन्।
सो अवसरमा लुना लुइँटेलले ‘मिस नेपाल वर्ल्ड’ को उपाधि जितिन् भने उरूषा भण्डारी ‘मिस नेपाल इन्टरनेसनल’ घोषित भइन्।
सोनी घलेको सफलतामा रसुवा जिल्लाभर खुसीयाली छाएको छ। रसुवा नागरिक समाजका अध्यक्ष बवुलाल तामाङले घलेको उपलब्धिले जिल्लाको पहिचानलाई राष्ट्रिय स्तरमा थप उज्यालो बनाएको भन्दै हार्दिक सम्मान व्यक्त गरे।
स्थानीयवासी तथा शुभेच्छुकहरूले पनि उनको आगामी यात्राका लागि शुभकामना दिएका छन्।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया