स्याफ्रुबेसी–रसुवागढी सडक अझै संन्चालनमा आउन सकेन
नुवाकोट । बाढीले क्षति गरेको स्याफ्रुबेसी–रसुवागढी सडक अझै संन्चालनमा आउन सकेको छैन ।

सडक संन्चालनमा आउन नसक्दा यात्रुहरु भने पैदल यात्रा गर्न बाध्य भएका छन । चीनतर्फबाट लेन्देखोलामा आएको बाढीले कटान गरी बिगारेको यो सडक पुनर्निर्माण सम्पन्न गर्न अझै एक साता बढी लाग्ने देखिएको छ ।
टिमुरे,तातोपानी डाँडा,फ्याङलुङ र लिङलिङ चार स्थानमा नदीले कटान गरेको भागहरू निमार्ण भए पनि गोसाईंकुण्ड गाउँपालिका तीन स्थित मेदाङपुदुङमा भने अलिक जटिल भएकाले बढी समय लागेको गल्छी,त्रिशूली,मैलुङ,स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका इन्जिनियर रूपनारायण पौडेलले बताए ।
उनका अनुसार सडक निमार्णका क्रममा कडा चट्टान निस्किएकाले एउटा मात्र उपकरणको प्रयोगले काम छिटो गर्न नसके पनि काम भने नियमित भइरहेको छ ।
आयोजनाका अनुसार यही साउन १४ गते चीनबाट दोस्रो पटक लेन्देखोलामा आएको बाढीले पहिले भन्दा धेरै क्षति गरेको छ । करिब दुई किलोमिटर सडकमा क्षति पुगेको छ । ग
गत असार १४ गते आएको बाढीले उक्त सडक करिब एक किलोमिटरमा क्षति पुगेको थियो भने सामान्य मर्मतपछि साउन ४ गतेदेखि सडक एक तर्फी सञ्चालनमा आएको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ब्लोदान नुवाकोटको अध्यक्षमा ढुङ्गाना
एमालेमा ओली पक्षसँग भौतिकरुपमै भिड्ने तयारीमा पोखरेल समुह
बागमती प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी एमाले भन्दा ठूलो दल बन्यो
नुवाकोटमा लोकप्रियता बढाउँदै डा. प्रकाश महत
रसुवामा एक वृद्धको भिरबाट लडेर मृत्यु





प्रतिक्रिया