रसुवा बाढीको क्षतिमा ८४.८४ करोडको बीमा दाबी

विदुर खबर २०८२ साउन १९ गते ८:१२

नुवाकोट । नेपाल बीमा प्राधिकरणले रसुवामा असार २३ गते आएको भीषण बाढी पहिरोका कारण भएको क्षतिको बीमा दाबीको अध्यावधिक विवरण सार्वजनिक गरेको छ।

Advertisement

प्राधिकरणका अनुसार साउन १५ गतेसम्म ११ वटा निर्जीवन बीमकबाट प्राप्त विवरणअनुसार कुल ७३ वटा बीमा दाबीमा ८४ करोड ८४ लाख ३० हजार रुपैयाँ क्षतिपूर्ति माग भएको छ।

तथ्यांकअनुसार हिमालयन एभरेस्ट इन्स्योरेन्समा सर्वाधिक ५५ करोड रुपैयाँबराबरको दाबी परेको छ। यो २ वटा बीमा दाबीको हो।

Advertisement

यसैगरी शिखर इन्स्योरेन्समा १५ वटा दाबीको १६ करोड ९६ लाख रुपैयाँबराबर क्षतिपूर्ति माग भएको छ। नेको इन्स्योरेन्सले ५ करोड १२ लाख रुपैयाँ, सगरमाथा लुम्बिनीले २ करोड ६५ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ करोड ६३ लाख ५० हजार बराबरको दाबी निवेदन प्राप्त गरेको छ।

हालसम्म सर्वाधिक दाबी सम्पत्ति बीमातर्फ परेको छ। सम्पत्ति बीमामा बीमकहरुले ६ वटा दाबीको ५८ करोड १ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने देखिएको छ।

Advertisement

यसैगरी सामुद्रिक बीमातर्फ १६ करोड २५ लाख रुपैयाँ, इन्जिनियरिङ तथा ठेकेदार जोखिमतर्फ ५ करोड ४५ लाख रुपैयाँ, मोटर बीमा (सार्वजनिक)तर्फ २ करोड ९८ लाख रुपैयाँ र मोटर बीमा (निजी)तर्फ २ करोड १४ लाख रुपैयाँबराबरको बीमा दाबी परेको छ।

प्रतिक्रिया