एएफसी यु–१९ : नेपालद्वारा भारत २-० ले पराजित

विदुर खबर २०७५ कार्तिक ९ गते १४:०१

नुवाकोट , एएफसी अन्डर १९ छनोट च्याम्पियनसिपमा नेपालले भारतलाई पराजित गरेको छ । थाईल्याण्डको चोनबुरी रंगशालामा शुक्रबार भएको समुह चरणको दोस्रो खेलमा नेपालले भारतलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

Advertisement

दोस्रो हाफको ४९ औ मिनेटमा नेपालका लागि रेखा पौडेलले गोल गर्दै नेपाललार्इ अग्रता दिलाएकी थिर्इन् । अफ सार्इड ट्रयाप गर्दै उनी गोल गर्न सफल भर्इन् । खेल सकिन दुई मिनेट बाँकी छदाँ रेखाले ब्यक्तिगत दोस्रो गोल गर्दै नेपालको जित सुनिश्चित गरिन् ।

रेखाले खेलको ४९ मिनेटमा गाेलकाे सुन्दर मौका गुमाएकी थिर्इन् । उनले प्रहार गरेको बल भारतीय गोलकिपरले रोकेकी थिर्इन् ।जितसंगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनेको छ । नेपालले समुहमा तीन अंक जोडेको छ ।नेपाल र भारतको समान ३ अंक भएको छ । नेपालले समुह चरणको अन्तिम खेलमा पाकिस्तानसंग खेल्नेछ । भारतले बलियो प्रतिद्वन्दी थाईल्याण्डसंग खेल्नेछ ।

Advertisement

प्रतिक्रिया