पोखरा प्रिमियर लिग आजदेखि : पहिलो खेल पोखरा पल्टन र विराटनगर टाइटनबीच हुने

विदुर खबर २०७५ कार्तिक ९ गते २:०२

पोखरा : शुक्रबार (आज) देखि पोखरा रंगशालामा पहिलो पटक क्रिकेटको लिग सुरु हुँदै छ। पोखरा प्रिमियर लिग (पिपिएल) उद्घाटन उद्घाटन बिहान नौ बजे हुनेछ।

Advertisement

प्रतियोगिताको उद्घाटन सभामुख कृष्णबहादुर महराले गर्नेछन्। उद्घाटन समारोह बिहान नौ बजेदेखि ११ बजे सम्म चल्ने छ। खेल भने बिहान ११ः१५ बजे सुरु हुने छ।  प्रतियोगिताको पहिलो खेल घरेलु टिम पोखरा पल्टन र विराटनगर टाइटनबीच हुनेछ। पोखरा पल्टनको कप्तानी शरद भेस्वाकरले गर्नेछन् भने विराटनगर टाइटनको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। राउण्ड रोबिनको आधारमा खेल हुने हुँदा दुवै टोलीलाई जित्नै पर्ने दबाब हुनेछ।

माछापुच्छ्रेको आँगनमा निशुल्क हेर्न पाइने पिपिएललाई पोखराको खेल पर्यटनको मुल ढोकाको रुपमा पनि हेरिएको छ। हरेक टिमले दुई जना विदेशी खेलाडी अनिवार्य राख्नुपर्नेछ।  प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम सहभागी हुदैछन। प्रतियोगिता सम्पन्न गर्न करिब दुई करोड खर्च लाग्ने निर्देशक छुम्बी लामाले बताए। उक्त प्रतियोगितालाई क्रिकेटको सर्वोच्च निकाय आइसीसीले पनि मान्यता दिएको छ। प्रतियोगिताको विजेताले २७ लाख हात पार्नेछ।

Advertisement

प्रतिक्रिया