सन्दीपले क्यानसँग सम्झौता नगर्ने

नुवाकोट । नेपाली राष्ट्रिय टोलीका क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रिय सम्झौतालाई निरन्तरता नदिने घोषणा गरेका छन् ।

सन्दीपले सामाजिक संजालमार्फत् बुधबार उक्त निर्णय लिएको सार्वजनिक गरेका हुन् । सन्दीपको सो स्ट्याटसमा उनी क्रिकेट र राष्ट्रबाट टाढिएको नभएर व्यक्तिगत र व्यावसायिक रुपमा अघि बढ्न यो कदम चालेको उल्लेख छ ।
उनले क्यानलाई निरन्तर साथका लागि धन्यवादसमेत दिए । क्यानको केन्द्रीय सम्झौतामा नरहे पनि उनी नेपालबाट खेल्ने प्रष्ट पारेका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले पनि सन्दीपको सो निर्णय आएको पुष्टि गरो छन् । क्यानले यस विषयमा छलफल गरेर निर्णय लिने पनि उनले बताए ।
यो अचम्मको निर्णय आइरहँदा सन्दीप नेपाली टोलीको स्कटल्यान्ड भ्रमणमा समावेश छन् । क्यानले गत फागुनमा सार्वजनिक गरेको ग्रेड विभाजनमा सन्दीप शीर्ष ए ग्रेडमा रहेका थिए । उनीसँगै कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र आसिफ शेखले मासिक १ लाख रुपैयाँ पाउने प्रावधान थियो ।
गे्रेडअनुसार कसले कति पाउँछन्
१ लाख तलब ग्रेड ‘ए’ — रोहितकुमार पौडेल, दिपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी र आशिफ शेख
७० हजार तलब ग्रेड ‘बी’ – कुशल भुर्तेल, गुलशन झा, करण केसी, ललित राजवंशी र अनिल साह
५५ हजार तलब ग्रेड ‘सी’ – सन्दीप जोरा, आरिफ शेख, भीम सार्की र कुशल मल्ल
३५ हजार तलब ग्रेड ‘डी’ – सागर ढकाल, लोकश बम, साहब आलम, आकाश चन्द, विवेक यादव, सूर्य तामाङ, रिजन ढकाल, देव खनाल, बसिर अहमद, प्रतिश जिसी, अविनाश बोहरा र मयन यादव
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया