बागमती मुख्यमन्त्री फुटबलको उपाधि एपिएफलाई

नुवाकोट । नुवाकोटको बट्टारमा जारी बाग्मति प्रदेश मुख्यमन्त्रि कप रााष्ट्रिय महिला फुटवल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपिएफ क्लबले हात पारेको छ ।

आज नुवाकोटको बट्टार बहुमुखी क्याम्पसको खेल मैदानमा सम्पन्न भएको खेलमा एपिएफ क्लबले अर्काे विभागिय टोली नेपाल पुलिस क्लबलाई १–० गोलको झिनो अन्तरले पराजित गर्दै एपिएफले उपाधिमाथि कब्जा जमाएको हो ।
एपिएफलाई उपाधि दिलाउन अतिरित्त समयको चौथो मिनेटमा अनिता केसीले गोल गोल गरेकी थिइन् । खेलको म्यान अफ दी म्याच निर्णायक गोल गर्ने केसी नै घोषित भइन् ।
प्रतिोगिताको उपाधि विजेता एपिएफले ५ लाख र उपविजेता पुलिसले दुई लाख ५० हजार नगद पुरस्कारसहित शिल्ड, तक्मा र प्रमाणपत्र प्राप्त हात पारे । प्रतियोगिताको विजेता तथा उप विजेताहरुलाई नेपाली कांग्रेसका प्रवत्ता तथा पुर्व अर्थमन्त्रि डा. प्रकाशशरण महतले मेडल र ट्रफी र प्रमाणपत्र वितरण गरे ।
प्रतियोगिताको उदयीमान खेलाडी पुलिस क्लबका शाहारा लिम्बु घोषित भइन् । यस्तै उच्च गोलकर्ता एपिएफकी अनिता केसी, उत्कृष्ट गोलरक्षक एपिएफकै अञ्जना रानामगर र उत्कृष्ट प्रशिक्षक एपिएफकै जीवेश पाण्डे घोषित भए । उनीहरुले जनही नगद १० हजार रुपैयाँ हात पारे ।
यस्तै प्रतियोगिताको सर्वाेकृष्ट खेलाडी एपिएफकै रेनुका नगरकोटी घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ हात पारिन ।
खेलकुद विकास समिति नुवाकोटद्धारा आयोजित प्रतियोगितामा विभिन्न ८ ओटा क्लबले सहभागिता जनाएका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया