नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक बने म्याट रोस
नुवाकोट । अखिल नेपाल फुटबल संघ (एन्फा)ले म्याट रोसलाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । एन्फाका महासचिव किरण राईले मुख्य प्रशिक्षक म्याटलाई स्वागत गरे।

एन्फाले अष्ट्रेलियन म्याट रोसलाई मुख्य प्रशिक्षको जिम्मेवारी दिएको । हालसम्म पुरुष टोलीलाई नसम्हालेका प्रशिक्षकलाई एन्फाले राष्ट्रिय टोलीको जिम्मेवारी दिएको हो । उनी पहिलो पटक पुरूष टिमको प्रशिक्षक बनेका हुन् ।
म्याट रोस अस्ट्रेलियन नागरिक हुन् । इङ्ल्यान्डको न्युक्यासलमा जन्मिएका हुन् । ४७ वर्षीय रोस ‘यूईएफए प्रो लाइसेन्स’ मान्यता भएका प्रशिक्षक हुन् ।
रोसले अन्तिम सन् २०२० देखि २०२३ सम्म पटक दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षक बनेर काम गरेको अनुभव छ । रोसले स्वीडिस महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेको पनि प्रशिक्षक भएर काम गरेका थिए ।
दक्षिण कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा पुग्दा उनी टिमको सहायक प्रशिक्षको भूमिकामा थिए ।
रोससँग चीनको यू–१५ राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेको अनुभव छ ।
उनले २९ वर्षको उमेरमा फुटबल फेडेरेसन नर्दन टेरीटोरीको प्रशिक्षकको रुपमा काम गर्न थाले । डार्विनमा ५ वर्ष कोचिङ काम गरेपछि उनले अष्ट्रेलियामा करियर देखेनन् र जर्मनी लागे ।
जर्मनीको फ्रान्कफर्ट महिला टिमको भिडियो एनालिस्ट हुँदै कार्यवाहक प्रशिक्षकदेखि उनी मुख्य प्रशिक्षक सम्म बने । उनी प्रशिक्षक रहँदा सन् २०१५ मा फ्रान्कफर्टले यूईएफए वुमन्स च्याम्पियन्स लिगको उपाधि समेत जितेको थियो । त्यसपछि उनी मुख्य प्रशिक्षक नै बने ।
त्यसपछि उनले यूईएफएको लाइसेन्स लिए । उनले दुई वर्ष फ्रान्कफर्टको मुख्य प्रशिक्षक भएर काम पनि गरे । क्लबबाट बहिर्गमनपछि उनले सन् २०१७ मा स्वीडिस क्लब भिट्जो जीआईकेको प्रशिक्षक बने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया