नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक बने म्याट रोस

नुवाकोट । अखिल नेपाल फुटबल संघ (एन्फा)ले म्याट रोसलाई नेपाली राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको छ । एन्फाका महासचिव किरण राईले मुख्य प्रशिक्षक म्याटलाई स्वागत गरे।

एन्फाले अष्ट्रेलियन म्याट रोसलाई मुख्य प्रशिक्षको जिम्मेवारी दिएको । हालसम्म पुरुष टोलीलाई नसम्हालेका प्रशिक्षकलाई एन्फाले राष्ट्रिय टोलीको जिम्मेवारी दिएको हो । उनी पहिलो पटक पुरूष टिमको प्रशिक्षक बनेका हुन् ।
म्याट रोस अस्ट्रेलियन नागरिक हुन् । इङ्ल्यान्डको न्युक्यासलमा जन्मिएका हुन् । ४७ वर्षीय रोस ‘यूईएफए प्रो लाइसेन्स’ मान्यता भएका प्रशिक्षक हुन् ।
रोसले अन्तिम सन् २०२० देखि २०२३ सम्म पटक दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षक बनेर काम गरेको अनुभव छ । रोसले स्वीडिस महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेको पनि प्रशिक्षक भएर काम गरेका थिए ।
दक्षिण कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा पुग्दा उनी टिमको सहायक प्रशिक्षको भूमिकामा थिए ।
रोससँग चीनको यू–१५ राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेको अनुभव छ ।
उनले २९ वर्षको उमेरमा फुटबल फेडेरेसन नर्दन टेरीटोरीको प्रशिक्षकको रुपमा काम गर्न थाले । डार्विनमा ५ वर्ष कोचिङ काम गरेपछि उनले अष्ट्रेलियामा करियर देखेनन् र जर्मनी लागे ।
जर्मनीको फ्रान्कफर्ट महिला टिमको भिडियो एनालिस्ट हुँदै कार्यवाहक प्रशिक्षकदेखि उनी मुख्य प्रशिक्षक सम्म बने । उनी प्रशिक्षक रहँदा सन् २०१५ मा फ्रान्कफर्टले यूईएफए वुमन्स च्याम्पियन्स लिगको उपाधि समेत जितेको थियो । त्यसपछि उनी मुख्य प्रशिक्षक नै बने ।
त्यसपछि उनले यूईएफएको लाइसेन्स लिए । उनले दुई वर्ष फ्रान्कफर्टको मुख्य प्रशिक्षक भएर काम पनि गरे । क्लबबाट बहिर्गमनपछि उनले सन् २०१७ मा स्वीडिस क्लब भिट्जो जीआईकेको प्रशिक्षक बने ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया