यू- १९ एसिया कप : नेपालले अफगानिस्तानलाई हरायो
विदुर खबर
२०८१ मंसिर १८ गते १७:५५
नुवाकोट । एसीसी यू–१९ एसियाकप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गरेको छ ।
अफगानिस्तानले दिएको १२४ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभर ३ बलमा लक्ष्य भेट्टायो । लक्ष्य पछ्याउने क्रममा नरेन साउदले सर्वाधिक २६, हेमन्त धामीले २२ र अर्जुन कुमालले २१ रनको पारी खेले ।
कप्तान धामीले अविजित रहँदै नेपाललाई जीतसम्म डोहोर्याए।
यसअघिका खेलमा नेपाल श्रीलंका र बंगलादेशसँग पराजित भएको थियो । आजको नतिजासँगै अफगानिस्तानले भने जीतविहीन रहँदै प्रतियोगिता टुंग्याएको छ ।
नेपाल रहेको समूहबाट श्रीलंका र बंगलादेश सेमीफाइनलमा पुगेका छन् ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
अविरल वर्षाका कारण नुवाकोटको जनजीवन प्रभावित
सबै दलहरु निर्वाचनमा भाग लिन सहमत
प्रतिनिधिसभा विघटनविरुद्ध भएन अन्तरिम आदेश
देशभर बदली, कोशी–बागमतीमा मध्यम वर्षा र उच्च पहाडमा हिमपातको सम्भावना





प्रतिक्रिया