एनपीएल : जनकपुर बोल्ट्सको विजयी सुरुवात
नुवाकोट । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिगकाे पहिलाे खेलमा बिजयी भएकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार सम्पन्न उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सविरुद्ध आठ विकेटको जित निकाल्यो ।विराटनगरले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुरले १५.३ ओभरमा विकेट दुई विकेट गुमाउँदै पूरा गर्यो ।
जनकपुरका लागि मिलन्थाले ५३ बलमा ९ चौका र ३ छक्काको मद्दतले अविजित ७५ रन बनाए । यसैगरी हर्ष थाकर २९ रनमा अविजित रहे ।तेस्रो विकेटका लागि मिलन्था र थाकरले अविजित ११६ रनको साझेदारी गरे । विराटनगरका लागि प्रतिस जिसी र क्रिस सोलले समान एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले १९ ओभरमा सबै विकेट गुमाउँदै १२७ रनको योगफल तयार पार्यो । विराटनगरका लागि गुप्टिलले ४३ बलमा सात चौका र एक छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे ।
यसैगरी अकिब इल्यासले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, किशोर महतो र हर्ष थाकरले समान दुई तथा बेन माइक र मोहम्मद मोहसिनले समान एक विकेट लिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया