एनपीएल खेल्न शिखर धवन नेपाल आइपुगे
विदुर खबर
२०८१ मंसिर १४ गते २०:२१
नुवाकोट । नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन नेपाल आइपुगेका छन् ।
उनी शुक्रबार साँझ काठमाडौं आइपुगेका हुन् । उनलाई कर्णाली याक्स टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
एनपीएल खेल्न आउने धवन सबैभन्दा ठुलो नाम हो । बाँयाहाते ब्याटर उनले ओपनिङमा खेल्ने गर्छन् भने भारतीय टोलीबाट सन् २०१३ को च्याम्पियन्स ट्रफी तथा सन् २०१६ र २०१८ को एसिया कप जितेका छन् ।
त्यसैगरी आइपीएल टीम सनराइजर्स हैदराबादबाट आइपीएलको उपाधि पनि जितेका छन् । उनले भारतका लागि टी२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६६ खेलबाट १७५९ रन बनाएका छन् भने सबैखाले टी२०मा ३३४ खेल खेल्दा २ शतक र ७० अर्धशतकसहित ९७९७ रन बनाएका छन् ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया