सन्दीपले बनाउँलान् त कीर्तिमान ?

विदुर खबर २०७५ असोज २६ गते ३:४६

नुवाकोट असोज २६, आईसीसी विश्व टी-ट्वान्टी एसिया छनोट समूह ‘बी’ अन्तर्गतको खेलहरु मलेसियामा जारी छ । छनोटको अन्तिम खेलमा नेपालले आज सिंगापुरसंग खेल्दैछ ।

Advertisement

विगतको ईतिहास र वर्तमानको नतिजालाई आत्मसाथ गर्दा कागजमा सही, नेपालले प्रतियोगिताको ट्रफी उचाल्नेछ ।
अर्को खुसीको कुरा दुवै टोलीले अघिल्लो चरणमा स्थान बनाईसकेका छौ । अर्थात नेपाल र सिंगापुर एसिया कप छनोटको दोस्रो चरणमा पुगेका छन् । सिंगापुरविरुद्धको जितले नेपाललाई छनोटको उपाधि दिनेछ । तर अर्को एक उपलब्धि नेपाली खेलाडीले मलेसियाको भुमिमा बनाउन सक्छन् । उनी हुन्, नेपालका लेग स्पिनर सन्दीप लामिछाने । ईन्डियन प्रिमियर लिग (आईपीएल) बाट आकासिएको उनको चर्चा अझ चुलिदो छ । विश्वका ख्याती प्राप्त लिगमा प्रभाव जमाएका सन्दीपको प्रर्दशनमा अझ निखार आउदैछ । त्यसको ज्वलन्त उदाहरण मलेसियाको विश्वकप छनोटमा देखिएको छ ।

सन्दीपको स्पिन बलिङ अगाडी सबै छनोट राष्ट्रका ब्याट्सम्यानले घुँडा टेकेका छन् । प्रत्येक खेलमा जबर्जस्त प्रर्दशन गर्दै उनले विकेट समेत झारिरहेका छन् । प्रतियोगितामा उनको विकेट संख्या २० पुगेको छ । अब एक कीर्तिमानले सन्दीपलाई पर्खिएर बसेको छ । राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बन्ने अवसर सन्दीपलाई छ ।प्रतियोगिताका पाँच खेलमा २० विकेट लिएका सन्दीपले अन्तिम खेलमा २ विकेट झारेमा राष्ट्रिय टिमबाट सर्वाधिक विकेट लिने खेलाडीको कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् ।

Advertisement

यसअघि सो कीर्तिमान बसन्त रेग्मीको नाममा थियो । उनले सन् २०१२ को विश्व क्रिकेट लिग डिभिजन ४ मा २१ विकेट लिएका थिए । जुन खेल मलेसियामै भएको थियो । सन्दीपले एक विकेट लिए बसन्तसंग बराबरी गर्नेछन् ।  दुई वा त्यसभन्दा बढी विकेट लिए बसन्तबाट सन्दीपको नाममा कीर्तिमान सर्नेछ । तर, सन्दीपले उमेर समूहको यू-१९ अन्तराष्ट्रिय प्रतियोगितामा भने २३ विकेट लिईसकेका छन् ।मलेसियामा जारी छनोटको पहिलो खेलमा सन्दीपले म्यानमारविरुद्ध ४ विकेट लिएका थिए । दुई ओभर बलिङ गरेका उनले ३ रन खर्चेर सो विकेट हात पारेका थिए ।दोस्रो खेलमा मलेसियाविरुद्ध उनले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २० रन खर्चेका थिए । थाईल्याण्डविरुद्धको तेस्रो खेलमा उनले ५ विकेट लिए । तीन ओभर बलिङ गरेका उनले एक मेडन राख्दै ८ रन खर्चेका थिए । भुटानविरुद्ध सन्दीपले ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले २ मेडन राख्दै ६ रन खर्चेका थिए । चीनविरुद्धको पाँचौ खेलमा सन्दीपले ३ विकेट लिए । चार ओभर बलिङ गरेका उनले १ मेडन आभेर फाल्दै ४ रन खर्चेका थिए ।

प्रतिक्रिया