मैत्रीपूर्ण फुटसलमा विदुर सिटि युथ क्लब प्रथम
विदुर खबर
२०८१ असोज १८ गते २१:५६

नुवाकोट । दसैँको अवसरमा आयोजित सामाजिक सद्भावको लागि मैत्रीपूर्ण फुटसलमा विदुर सिटि युथ क्लब प्रथम भएको छ ।
बिहिबार बट्टारमा भएको फुटसलको फाइनलमा विदुर सिटिले दारी ग्याङ्ग नुवाकोटलाई ४-१ गोल अन्तरले हराउँदै उपाधी हात परेको हो । दारी प्रतियोगितामा द्वितिय भए ।
विदुर सिटिका आशिष पौडेलले ३ गोल गरी खेलमा ह्याट्रिक गरे। यस्तै, विदुर सिटिका दिपेश तिमिल्सिनाले १ गोल थपे । खेलको जवाफीमा दारीका शिव आलेमगरले १ गोल फर्काए ।
विजेता, उपविजेता र सहभागी समूहलाई विदुर नगरपालिकाका उपप्रमुख प्रभा बोगटी र एन्फा बागमती प्रदेशका महासचिव सुरजप्रसाद श्रेष्ठले संयुक्तरुपमा कप, मेडल र प्रमाण प्रदान गरे ।
प्रतियोगितामा विजेता र उपविजेतासहित काजी ग्रुप नुवाकोट र लायन्स क्लब अफ काठमाडौँ उर्जाशिल नुवाकोटको सहभागिता रहेको खेल संयोजक सुमन श्रेष्ठले जानकारी दिए ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया