वाग्मती प्रदेशको खेल विज्ञमा श्रेष्ठ
नुवाकोट । वाग्मती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले पूर्वअन्तर्राष्ट्रिय खेलाडी दीपक श्रेष्ठलाई खेल विज्ञको रुपमा मनोनित गरेको छ ।
युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले ललितपुरको गोदावरी–११ का श्रेष्ठलाई बुधबार खेल विज्ञ मनोनित गरेका हुन् । श्रेष्ठलाई वाग्मती प्रदेशको समग्र खेल क्षेक्रको विकासका लागि सल्लाह सुत्राव दिन र आवश्यक विभिन्न खेलकुदसँग सम्बन्धित गतिविधि सञ्चालन गर्न सरकारले यस जिम्मेवारी प्रदान गरेको हो ।
खेलाडीहरुको हकहितका लागि लामो समयदेखि काम गर्दै आएका श्रेष्ठ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्षसमेत हुन् । उनी २०४९ सालदेखि खेलकुद क्षेत्रमा त्रियाशील छन् ।
दक्षिण एसियाली खेलकुद (साग) मा लगातार दुई पटक स्वर्ण पदक विजेता श्रेष्ठले सक्रिय खेलाडीबाट अवकाशपश्चात् पनि राष्ट्रिय टिम प्रशिक्षकको जिम्मेवारी बहन गरी राष्ट्रको लागि पदक जित्ने सफल खेलाडी उत्पादनमा योगदान पुर्याउँदै आएको छन् ।‘प्रदेशको खेलक्षेत्रको विकासका लागि अनुभवी व्यक्तिको आवश्यकता पर्छ । त्यसकारण हामीले उहाँलाई मनोनित गरेका हौं,’ उनले भने ।
श्रेष्ठ पछिल्लो समय राष्ट्रिय खेलकुद परिषद् राष्ट्रिय टिम तयारी समितिको उपनिर्देशक तथा नेपाल कराते महासंघको सहायक मुख्य प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।
प्रदेशको समग्र खेलकुद क्षेत्रको विकास र खेलकुदको स्तर बढाऊने तथा संरचनागत र जनशक्ति विकासको कार्यत्रमलाई तीब्रता दिइने श्रेष्ठले बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया