नुवाकोट जिल्ला लिगमा आकाशको किर्तिमानी गोल

नुवाकोट । नुवाकोटको बट्टारमा गत मंगलवारदेखि शुरु भएको जिल्ला लिग फुटवल प्रतियोगितामा आकाश रानामगरले किर्तिमानी गोल गरेका छन् ।
विदुरको बनदेवि युवा क्लबका कप्तान आकाश रानामगरले खेल शुरु भएको चार सेकेन्डमै गोल गर्दे किर्तिमान बनाएका हुन् ।
उनले बुधवार न्य स्टार क्लबविरुद्ध खेल सुरु भएको चार सेकेन्डमै गोल गर्दै नयाँ कीर्तिमान बनाएका हुन् । उनले रेफ्रीले खेल सुरु गर्न अनुमति दिने मध्यभागबाट वल प्रहार गर्दा सीधै गोल भएको थियो ।

खेलमा किर्तिमानी गोल गरेपछि म्याद अफ दी म्याचको अवार्ड लिँदै रानामगर । फोटो : नुवाकोट स्पोर्टस् ।
विदर नगरपालिकाको बारुण यन्त्र विभागमा अस्थायी रूपमा कार्यरत उनी लामो समयदेखि व्यवसायिक रूपमा नुवाकोटमा फुटबल खेल्दै आइरहेका छन् ।
नुवाकोट फुटबल संघको आयोजनामा भइरहेको प्रतियोगितामा जिल्लाका १२ क्लब सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहित ट्रफी, मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता आगामी जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया