रसुवामा लेक लागेर एक युवकको मृत्यु
विदुर खबर
२०८१ जेठ २० गते ८:१२
नुवाकोट । रसुवाको गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङमा ट्रेकिङ गएका एक जनाको लेक लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-६ का २४ वर्षीय विजय तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुन्चे रसुवाले जनाएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु हुदै लाङटाङको क्यान्जिङ उपत्यकको पदमार्ग अबलोकन गर्दै आएका तामाङको ५६०० मिटरको उचाईमा रहेको लाङसिसा आसपास क्षेत्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायव उपरीक्षक केशव भट्टराईले बताए ।
सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्रहरी निरीक्षकको कमाण्डमा र प्रहरी चौकी लाङटाङबाट प्रहरी घटनास्थलमा पुगेको थियो ।
शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज फरेन्सिक मेडिसिन विभागमा पठाइएको प्रहरीले जनाएको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












जन्तरेगढीमा बृहत शैक्षिक अन्तरक्रिया सम्पन्न
आजको मौसम : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
पोखराको फेवातालमा कार खस्दा युवकको मृत्यु
ककनीमा एमालेको उत्साह, मैनालीको पक्षमा प्रवेश गरे सयौं नयाँ समर्थक
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिता आजबाट शुरु हुँदै





प्रतिक्रिया