यू–१९ एसिया कपमा नेपालको रोमाञ्चक जित, यूएई ३ विकेटले पराजित

नुवाकोट असोज १६, एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले रोमाञ्चक जित हात पारेको छ। मंगलबार बंगलादेशको साभरमा समूह ‘ए’ को खेलमा नेपलाले यूएईलाई ३ विकेटले हराएको हो।
यूएईले दिएको २ सय ६९ रनको लक्ष्य नेपालले ५ बल खेल्न बाँकी छदा ७ विकेटको क्षतिमा पार गर्यो। नेपालको जितमा रासिद खानले नटआउट २७ रन जोडे। उनले १४ बलमा ३ छक्का प्रहार गर्दा नेपालको जित सहज बनेको थियो। त्यसअघि रोहितकुमार पौडेलले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। उनले ८८ बलमा ९२ रनको योगदान दिए। उनले ६ चौका र ३ छक्का प्रहार गरे।
सन्दीप जोराले बनाएको ६७ रन पनि नेपालको जितको आधार बन्यो। उनले ७४ बलमा ६ चौका र २ छक्का प्रहार गरे। नेपालका लागि कप्तान आसिफ शेखले ३५ रन र रित गौतमले १८ रन जोडे। बलिङमा यूएईका आरोन बेन्जामिन र आर्यन लक्राले २–२ विकेट लिए।
त्यसअघि यूएईले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा २ सय ६८ रन बटुले। यूएईका लागि ओपनर फहाद नवाजले ८३ रन जोडे। उनका ओपनिङ जोडी अंश टन्डनले ६७ रनको योगदान दिएका थिए। अन्य ब्याट्सम्यानले २० भन्दा कमको स्कोरमा आउट भएका थिए।
बलिङमा नेपालका नन्दन यादव, रासिद खान र पवन सराफले २–२ विकेट लिए।
नेपाल र यूएई दुवै समूह चरणबाटै बाहिरिसकेका टिम हुन्। यसअघि नेपाल समूहको पहिलो खेलमा भारत र दोस्रो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया