कप्तान रोहितको टी-२० मा एक हजार रन पुरा

विदुर खबर २०८१ वैशाख १ गते ८:०८

नुवाकोट । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले टी-२० क्रिकेटमा एक हजार रन पुरा गरेका छन् ।

Advertisement

रोहितले एसीसी प्रिमियर कप अन्तर्गत मलेसियाविरुद्धको खेलमा २८ रन बनाएका थिए । उनले यस खेलमा ५ रन बनाएसँगै टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि एक हजार रन पुरा गरेका हुन् ।

रोहितले ४४ खेलका ४२ इनिंगमा आफ्नो एक हजार रन पुरा गरेका छन् । टी-२० मा उनको उच्च रन ६१ रहेको छ ।

Advertisement

उनी नेपालबाट टी-२० मा एक हजार रन बनाउने तेस्रो खेलाडी बनेका छन् । नेपालका लागि टी- २० अन्तर्राष्ट्रिय खेलमा सर्बाधिक रन बनाउने खेलाडी दिपेन्द्र सिंह ऐरी हुन् । ऐरीले अहिलेसम्म १४९६ रन बनाएका छन् ।

उनी पछि कुशल भुर्तेलले १०३७ रन बनाएका छन् ।

Advertisement

प्रतिक्रिया