सुर्यगढी युवा क्लब क्वाटरफाईनल प्रवेश
विदुर खबर
२०८० चैत २७ गते १९:२५

नुवाकोट । नुवाकोटको सुर्यगढी युवा क्लब धादिङमा संचालन भइरहेको १४ औ वाका कप तथा दोस्रो अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा सुर्यगढी युवा क्लबले धादिङको टिकाडुङ क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । सुर्यगढी युवा क्लबलाई विजयी गराउन जर्सी नम्बर ३० का आकाश रानामगरले ह्याट्रिक गरे ।
त्यस्तै अर्काे गोल खेलको म्यादन अफ दी म्याच जर्सी नम्बर १७ का सुरेस तामाङले गरेका थिए ।
क्वाटरफाईनल प्रवेश गरेको सुर्यगढीले अब सेमिफाइनल प्रवेशको लागि चैत्र २९ गते ११ बजे चौतारा युवा क्लब धादिङसँग प्रतिष्पर्धा गर्ने छ ।
यसअघि पहिलो खेलमा नेत्रावति डबजोड वडा नम्बर ३ लाई २–० गोल अन्तरले पराजित गर्दै सुर्यगढी युवा क्लब दोस्रो चरणमा प्रवेश थियो ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया