सुर्यगढी युवा क्लब दोस्रो चरणमा प्रवेश

विदुर खबर २०८० चैत २४ गते २१:२०

नुवाकोट । नुवाकोटको सुर्यगढी युवा क्लब धादिङमा आयोजित १४ औ वाका कप तथा दोस्रो अध्यक्ष कप २०८१ को दोस्रो चरणमा प्रवेश गरेको छ ।

Advertisement

धादिङको नेत्रावति डबजोङ गाउँपालिका र छार वाका राहा युवा क्लबको सयुक्त आयोजनामा भएको प्रतियोगितामा नेत्रावति डबजोड वडा न ३ लाई २–० गोल अन्तरले पराजित गर्दै सुर्यगढी युवा क्लब दोस्रो चरणमा प्रवेश गरेको हो ।

सुर्यगढी युवा क्लबलाई विजयी गराउन जर्सी नम्बर ३० का आकाश रानामगर र जर्सी नम्बर २७ का सुमन तामाङले गोल गरेका थिए ।
खेलको म्यान आफ दी म्याच उत्कृष्ट प्रर्दशन गरेका सुर्यगढी युवा क्लबका आकाश रानामगर नै घोषित भए ।

Advertisement

आजको खेलमा विजयी भएको सुर्यगढी युवा क्लबले क्वाटरफाईनल प्रवेशको लागि टिकाडुङ युवा क्लब धादिङसँग प्रतिष्पर्धा गर्नेछ ।

३२ टोलीको सहभागिता रहेको प्रतियोगिता आगामी चैत्र ३० गतेसम्म संचालन हुने छ ।

Advertisement

प्रतिक्रिया